१३ बैशाख २०८१, बिहीबार

स्वास्थ्य सेवा प्रभावकारी बनाउन सुझाव संकलन



धनगढी । स्थानीय तहमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन सुझाव संकलन गर्ने विज्ञ टोली र स्थानीय जनप्रतिनिधिबीच छलफल भएको छ ।
छलफलका क्रममा धनगढी उपमहानगरपालिका उपप्रमुख सुशीला मिश्र भट्टले राजनीतिक पद्धति बदलिए पनि राजनीतिक नेतृत्व तथा कर्मचारीको मानसिकता परिवर्तन नभएका कारण संघीयता कार्यान्वयनमा कठिनाई भइरहेको चर्चा गरिन् ।
उनले संघ तथा प्रदेश सरकारका नीति निर्माताहरूमा अझैं पनि केन्द्रकृत मानसिकता हाबी रहेको बताइन् । उनले भनिन्– “कतिपय सन्दर्भमा संघ तथा प्रदेश स्थानीय तहको अधिकार खोस्न उद्यत रहेको देखिन्छ ।”
उनले स्थानीय तहलाई स्वास्थ्य सम्बन्धी नीति बनाउने, बजेट विनियोजन गर्ने अधिकार भए पनि कर्मचारी व्यवस्थापन अझैं पनि प्रमुख चुनौतिका रूपमा रहेको बताइन् ।
नेपाल सरकारका पूर्व सचिव डाक्टर सुधा शर्माले संघीय संरचनामा स्वास्थ्य क्षेत्रलाई कसरी ब्यबस्थीत बनाउने भन्नेबारे आफूहरूले सुझाव संकलन गरिरहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार