१५ चैत्र २०८०, बिहीबार

स्वास्थ्य कार्यालय कैलाली उद्घाटन (भिडियोसहित)



धनगढी । सुदूरपश्चिम प्रदेश स्वास्थ्य कार्यालय कैलालीको बुधबार औपचारिक रुपमा उद्घाटन भएको छ ।
सरकारले देशभरका ७५ वटै जनस्वास्थ्य खारेज गरी ती कार्यालयको भूगोल हेरफेर गर्दै ३५ वटा स्वास्थ्य कार्यालय खोल्ने निर्णय गरेबमोजिम यस प्रदेशको सामाजिक विकास मन्त्रालयले कैलालीमा पहिलो स्वास्थ्य कार्यालय स्थापना गरेको हो ।
कैलालीको धनगढीमा कैलाली र कञ्चनपुरलाई हेर्ने गरि स्थापना भएको स्वास्थ्य कार्यालयको प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले दिप प्रज्वलन तथा रिवन काटेर कार्यालयको स्थापना गरेका थिए ।

https://www.youtube.com/watch?v=kNwewoRM5Rw

सो अवसरमा बोल्दै मन्त्री सुवेदीले कार्यालयले न्यूनतम आधारभुत स्वास्थ्य समस्या समाधान गर्ने अपेक्षा व्यक्त गरे ।
उनले जनताले स्वास्थ्य सेवा पाउनबाट वञ्चित भएको गुनासो नआउने गरि कार्यालयका कर्मचारीहरुलाइ काम गर्न आग्रह गरे । ‘सरकार कस्को छ भनेर नहेर्नुहोस् । आफनो काम, कर्तव्य र दायित्वलाई इमान्दारितापुर्वक निभाएर जनताको सेवामा लाग्नुहोस्’ मन्त्री सुवेदीले भने ।


सत्तापक्ष नेकपाका प्रदेश प्रमुख सचेतक तारालामा तामाङले कर्मचारीलाई निस्वार्थ भावले सेवा दिन आग्रह गरे । ‘तपाइ कर्मचारीहरुले गर्नुपर्ने काम नगरि अधिकार लागि मात्र लागेर प्रदेशलाई समृद्ध बनाउन सकिदैन्’ प्रमुख सचेतक तामाङले भने । उनले अहिले स्वास्थ्य कार्यालय स्थापना भएपनि प्रदेश र स्थानीय तहविच अझै अधिकार र कर्तव्य बाँडफाडको कुरा पनि चुनौति रहेको बताए ।
मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले कार्यालय स्थापनाले संघीयता कार्यान्वयनमा टेवा पुगेको बताए । उनले प्रदेश सरकारले काम दु्रत गतिमा अघि बढाउन आवश्यक कार्यालय स्थापना गरिरहेको बताए । उनले स्वास्थ्य कार्यालयले कार्यक्रमलाई कार्यान्वयन भन्दा पनि स्थानीय तहसंग सहकार्य र समन्वय गर्ने बताए ।
प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव गोगनबहादुर हमालको अध्यक्षतामा कार्यक्रम भएको थियो । स्वास्थ्य कार्यालयका निमिक्त कार्यालय प्रमुख भवानी जोशीले स्वागत गरेको कार्यक्रमको सञ्चालन मन्त्रालयका सूचना अधिकारी हेमराज खडकाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार