८ बैशाख २०८१, शनिबार

हसुलियामा आँखा शिविर



धनगढी । नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पतालको आयोजनामा हसुलियामा शनिबार आँखा शिविर भएको छ ।
शिविरमा छ सय ६० जनाको आँखा परीक्षण गरिएकोमा एक सय ४२ जनाको आँखा अप्रेशन गर्नुपर्ने गेटा आँखा अस्पतालले जनाएको छ । अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक रमेशचन्द्र भले ती बिरामीहरूको आँखा गेटा आँखा अस्पतालले नि:शुल्क सल्यक्रिया गर्ने जानकारी दिए ।
उनले एक सय २६ जना बिरामीमा मोतिया बिन्दुको समस्या रहेको बताए ।
शिविरमा पाँच सय १८ जना आँखाका रोगीहरूको नि:शुल्क औषधि उपचार गरिएको थियो ।
गेटा आँखा अस्पतालका १२ जना प्राविधिकहरूले आँखा शिविरमा सहभागी भएका थिए । नेपाल नेत्रज्योति संघ कैलालीका पदाधिकारी र कैलारी स्मार्ट समन्वय युवा क्लव कैलारीले व्यवस्थापन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार