७ बैशाख २०८१, शुक्रबार

पौडेलले ल्याए ‘घर मेरो सुदूरपश्चिम’



धनगढी । चर्चित लोक तथा दोहोरी गायक नविन पौडेलको लोक देउडा गीत ‘घर मेरो सुदूरपश्चिम’को आइतबार एक कार्यक्रमका बीच धनगढीमा विमोचन गरिएको छ ।
सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले गीतको विमोचन गरेकी हुन् । मन्त्री भट्टले सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवद्र्धनका लागि पौडेलको गीत कोशेढुंगा बन्ने विश्वास व्यक्त गरिन् । ‘झिममिला ताल कञ्चनपुर रंग फेर्छ महिना महिनामा, आफैमा दंग पर्दाे हो हेर्ने पाए ऐनामा, यहि हो सुन्दरपश्चिम, यहि हो सुन्दरपश्चिम, तपाई मेरो यो सेरोफोरो कैलाली घर मेरो ओइ सुवा कैलाली घर मेरो’ शब्दहरू दोहोराउँदै मन्त्री भट्टले भनिन्, ‘यी शब्दहरूमा सुदूरपश्चिम प्रदेशको मैलिकता झल्कन्छ ।’
सुदूरपश्चिम सुन्दर भएर पनि ओझेलमा परेको बताउँदै मन्त्री भट्टले गीत संगीतको माध्यमबाट प्रदेशलाई चिनानु पर्ने बताइन् । एल्वम विमोचन कार्यक्रममा गायक पौडेलले देउडा गीत मार्फत सुदूरपश्चिम प्रदेशका कला,संकृती र पर्यटनलाई विश्वभर चिनाउने अभियान थालेको बताए । ‘सुदूरपश्चिममा गायीने र गुनगुनाइने गीतलाई मैले बजारमा ल्याएको हुँ’ गायक पौडेलले भने ।
कार्यक्रममा गायक पौडेलले सुदूरपश्चिममा जन्म नभएपनि सबै भन्दा प्यारो र सुन्दर सुदूरपश्चिम लाग्ने बताए । ‘म पाल्पामा जन्मिल, काठमाडौँ बसे र संगीत यात्रामा लागे तर मलाई सबै भन्दा सुदूरपश्चिम प्यारो र राम्रो लाग्छ’ गायक पौडेलले भने ।
प्रस्तोता समाज नेपालका केन्द्रीय सदस्य, अन्तर्राष्ट्रिय कलाकार मञ्चका उपाध्यक्ष र राष्ट्रिय लोकदोहोरी प्रष्तिष्ठान नेपालका पूर्व केन्द्रीय सदस्य समेत रहेका पौडेलले २ सय बढी गीतहरू आएका छन् ।

पछिल्लो समय समाजका घटेका घटनाहरूलाई केन्द्रित गरेर पौडेलले बजारमा ल्याएको ‘फूलेको तोरीलाई, बैंश आको छोरीलाई जोगाउँनै ग्रारो’ वोलको गीत निकै चर्चित बनेको थियो । गीतले पौडेललाई नवौं संस्करणको बिन्दबासिनी म्युजिक अवार्ड २०७५ मार्फत यसबर्ष कै सर्बोत्कृष्ट लोक गायक घोषित गरायो ।
आइतबार बजारमा सार्वजनिक गरिएको गीतको छायंकन काठमाडौँ आसपासमा गरिएको छ । पृथ्वी इन्टरटेन्मेन्ट मार्फत बजारमा ल्याइएको गीतमा स्वर नविन पौडेल र सम्झना भण्डारीको छ । लय नविन पौडेलको हो । शब्द दिग्गज धौरालीले कोरेका हुन् भने छायांकन राजेश घिमिरेको हो । निर्देशक प्रकाश भट्ट हुन् । गीतका सम्पादक विष्णु शर्मा हुन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार