१५ चैत्र २०८०, बिहीबार

मेलिना राईको गीतमा दर्शकको उत्साह



लम्की । कैलालीको लम्कीमा सामुदायिक रेडियो लम्कीद्वारा आयोजित लम्की सांगीतिक महोत्सवको तेस्रो दिन शनिबार सयौं दर्शकहरू कलाकार मेलिना राईको गीतमा रमाएका छन् । महोत्सवमा उत्साहजनक सहभागिता देखाएका दर्शकहरुले मेलिना राईको गीतमा नाँचेर रमाईलो गरेका थिए ।
सुदूरपश्चिममा पहिलो पटक आएकी कलाकार मेलिना राईले ‘कुटुमा कुटु सुपारी दाना…’लगायतको गीत गाएर दर्शकलाई मनोरञ्जन गराएकी थिइन । महोत्सवमा सात हजार बढीले अवलोकन गरेको लम्की सांगीतिक महोत्सवका संयोजक बुद्धिप्रसाद खनालले बताए । महोत्सबमा साहित्यलाई पनि स्थान दिएकोले प्रत्येक दिन अक्षर साहित्य प्रतिष्ठानले स्रष्टालाई रचना वाचनको लागि पठाएको साहित्यकार रोशन बोहराले बताए । मंसिर २२ गतेसम्म सञ्चालन हुने महोत्सव मंसिर १३ गतेदेखि सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार