१२ बैशाख २०८१, बुधबार

भोलि मिष्टर एण्ड मिस सुदूरपश्चिम



धनगढी । धनगढीमा भोलि (शनिबार) मिष्टर एण्ड मिस सुदूरपश्चिमको अन्तिम प्रतिस्पर्धा हुने भएको छ । सो प्रतिस्पर्धाको निर्णायका रूपमा स्थापित अभिनेता राजेश हमाल सहभागी बन्ने जनाइएको छ । प्रतिस्पर्धाको निर्णायकका रूपमा अभिनेतृ सञ्चिता लुइटेल, मिस एसिया प्यासिफिक चन्दा थापा गिरी लगायत पनि सहभागी हुने बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । अप इन्टरटेननमेण्टको आयोजनामा हुने मिष्टर एण्ड मिस सुदूरपश्चिम प्रतियोगिताको चौथो संस्करणमा १५ जना युवा र १५ जना युवतीको सहभागिता रहने जनाइएको छ ।
प्रतियोगिताका विजयी प्रतिस्पर्धीले मोटरसाइकल, स्कुटर सहितका पुरस्कार पाउने तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता हुने अवसर प्राप्त गर्ने आयोजक संस्थाकी प्रवन्ध निर्देशक शारदा थापाले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार