१३ बैशाख २०८१, बिहीबार

लम्की सांगीतिक महोत्सव शुरु



लम्की । कैलालीको लम्कीमा बिहीबारदेखि लम्की सांगीतिक महोत्सव शुरु भएको छ । सामुदायिक रेडियो लम्कीद्वारा आयोजित महोत्सवको एक समारोहबीच प्रतिनिधि सभा सदस्य सांसद झपटबहादुर रावलले उद्घाटन गरे । सो अवसरमा सांसद रावलले केन्द्रीय सत्ताले लामो समयसम्म सुदूरपश्चिमलाई उपेक्षा गरेका कारण अहिले क्षतिपूर्ति स्वरूप सुदूरपश्चिमबाट आर्थिक समृद्धिको यात्रा शुरु हुनुपर्ने बताए ।
उद्घाटन कार्यक्रममा राष्ट्रिय सभा सदस्य कमला वलीले महिला विरुद्ध हुने कुनै पनि प्रकारका हिंसा रोकथामका लागि सबै पक्ष एकजुट हुन आग्रह गरिन् ।कार्यक्रममा प्रदेश सभा सदस्य रतन थापा, कैलाली जिल्ला समन्वय समिति प्रमुख सूर्यबहादुर थापा, लम्कीचुहा नगरपालिका प्रमुख महादेव बजगाई, उपप्रमुख टीका देवी थापा लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।
महोत्सव आगामी २२ गतेसम्म सञ्चालन हुने आयोजकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार