११ बैशाख २०८१, मंगलवार

इश्वरी ग्रुप अफ कम्पनी उद्घाटन



धनगढी । चालीस करोड रुपैयाँको ठूलो लगानीमा धनगढीमा इश्वरी ग्रुप अफ कम्पनी धनगढीमा सञ्चालनमा आएको छ ।
धनगढीका व्यापारी विपिन आचार्यले ईश्वरी ब्राण्डका विभिन्न इलेक्ट्रोनिक सामानहरु उत्पादन गर्ने कम्पनी सञ्चालन गरेका हुन् ।

कम्पनीले बुधबार एक कार्यक्रम आयोजना गरी धनगढी–५ तारानगरमा कम्पनी उद्घाटन गरी इलेक्ट्रोनिक सामानहरु विक्री थालेको हो । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले कम्पनी उद्घाटन गरेकी हुन् ।
कम्पनीका सञ्चालक विपिन आचार्यले ईश्वरी ब्राण्डका टिभि, फ्रिज, रेडियो, पंखा, हिटर लगायत घरायसी इलेक्ट्रोनिक सामानहरु आफै उत्पादन गरिरहेको बताए । उनले ति सामानहरु ग्यारेन्टी सहित विक्री गरिरहेको बताए । उनले ४० करोड रुपैयाँ लगानी गरेर कम्पनी स्थापना गरिएको बताए ।

मन्त्री भट्टले उद्योगहरु स्थापना हुन आवश्यक रहेको बताइन् । उनले यस्ता उद्योगले रोजगार सिर्जना गर्न सहयोग गर्नुका साथै प्रदेशको आर्थिक विकासमा समेत सहयोग पुगाउने बताइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार