१५ चैत्र २०८०, बिहीबार

आंग खस्नेसम्बन्धी शिविर



बर्दगोरिया । बर्दगोरिया गाउँपालिकाको आयोजनामा दादोधारा स्वास्थ्य चौकीमा मंगलबार आंग खसेका महिलाहरूका लागि शिविर सञ्चालन गरिएको छ । शिविरमा कोटातुल्सीपुर र दादोधाराका स्थानीयहरूलाई जाँच गरिएको थियो ।
शिविरमा ५३ जना महिलाहरूले आंग खसेको जाँच गराएको दोदोधारा स्वास्थ्य चौकीका प्रमुख जनस्वास्थ्य निरिक्षक कृष्णदेव जोशीले जानकारी दिए । जसमध्ये १६ जना महिलाहरूको आंग खसेको समस्या देखा परेको छ ।
उनीहरूको नि:शुल्क उपचारको लागि नेपाल मेडिकल कलेज कोहलपुर र सेती अञ्चल अस्पतालमा अप्रेशनका लागि सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार