१३ बैशाख २०८१, बिहीबार

जेटीकप क्रिकेट : कालिका र उज्यालो सेमिफाइनलमा प्रवेश



बौनिया । जेटी कप क्रिकेट प्रतियोगितामा मंगलबार भएको क्वाटर फाइनल खेलमा कालिका मावि र उज्यालो मावि विजयी भएका छन् । यससँगै कालिका मावि नौनिया र उज्यालो मावि सेमिफाइनलमा प्रवेश गरेका छन् । प्रतियोगिताको पहिलो क्वाटरफाईनल खेलमा नमुना लम्कीलाई २३ रनले पराजित गर्दै कालिका मावि विजयी भएको हो ।
टस जितेर पबिले ब्याटिङ गरेको कालिकाले निर्धारित २० ओभरमा ९ बिकेट गुमाउँदै ९९ रन बनाएको थियो । कालिकाका लागि गोबिन्द साउँदले ६ चौकाको मदतले ३७ रनको योगदान गरेका थिए । नमुनाका लागि राकेश शर्माले ४ ओभरमा १७ रन खर्चिदै ३ विकेट लिएका थिए ।
३७ रनको योगदान गरेका कालिकाका गोबिन्द साउँद म्यान अफ द म्याच बन्न सफल भए ।
सय रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा आएको नमुना १७.२ ओभर खेल्दै सबै विकेट गुमाउँदै ७६ रन मात्र बनाउन सक्यो र २३ रनको हार व्यहोर्दै क्वाटर फाइनलबाटै बाहिरिएको हो ।
अर्को क्वाटर फाइनल खेलमा उज्यालो लम्की तीन रनले विजयी भएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको उज्यालो लम्कीले १७.३ ओभर खेल्दै सबै बिकेट गुमाउँदै ९० रनमा सीमित भएको थियो । उज्यालो लम्कीका पवन चौधरीले २ छक्काको मद्दतले १९ रनको योगदान गरेका थिए । उज्यालो लम्कीलाई सस्तैमा समेट्ने क्रममा पानस दीपकमौशम विसीले ४ ओभरमा १ मेडन राख्दै ९ रन खर्चेर ४ विकेट लिन सफल भएका थिए ।
९१ रनको विजयी लक्ष्य लिएर जवाफी व्याटिङमा आएको पानसदीप लम्की निर्धारित २० ओभर खेल्दै ९ विकेटको क्षतिमा ९७ रन मात्र बनाउन सक्यो र झिनो ३ रनले हार व्यहोर्दै क्वाटर फाइनलबाटै बाहिरिएको हो । पानसदीपका भुपेश बस्नेतले २७ रनको योग्दान गरेका थिए । पानसदिपका दीपेन्द्र शाही म्यान अफ द म्याच बन्न सफल भए ।
प्रतियोगितामा आज (बुधबार) क्वाटर फाइनलका दुई खेल हुने भएका छन् । जसमा बिहान बालबाटिका बौनियाका बिरुद्ध जनजागृति चौरी र अर्काे आरएमई टीकापुरका विरुद्ध ब्राईटफ्युचर लम्की प्रतिस्पर्धा गर्ने भएका छन् ।
प्रतियोगिताको विजेताले नगद ६१ हजार १ सय ११ र उपविजेताले नगद ३१ हजार १ सय ११ नगद मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार