१३ बैशाख २०८१, बिहीबार

चिरैं भजहर कार्यक्रम



धनगढी । सखी सञ्जाल कैलालीको आयोजनामा धनगढीमा सोमबार थारू समुदायको चिरैं भजहर कार्यक्रम भएको छ ।
प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले उद्घाटन गरेको कार्यक्रम सञ्जालका अध्यक्ष ईन्दु चौधरीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा महिला तथा बालबालिका विकास कार्यालय प्रमुख पूजा काफ्ले, महिला अधिकारकर्मी चित्रा पनेरूलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
सञ्जालकी उपाध्यक्ष उन्नति चौधरी कार्यक्रमको उद्देश्य तथा चिरैं/चरैं भजहरबारे जानकारी दिएकी थिइन् । कार्यक्रमको सञ्चालन सचिव रविना चौधरीले गरेकी थिइन् ।
सो अवसरमा कमैया प्रथा उन्मूलन समाजका अध्यक्ष तथा एनपिस आवार्ड विजेता वसन्ती चौधरी, मुक्त कमैया महिला विकास मञ्चका अध्यक्ष कौशिला चौधरी, गायिका प्रमिला चौधरी, उद्यमी सारदा राना, थारू महिलाका अध्यक्ष दुर्गा कुश्मी, इञ्जल नेपाललाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार