७ बैशाख २०८१, शुक्रबार

नेपाल गोल्डेन आइडलको अडिसन पुसमा



धनगढी । गायन तथा नृत्य प्रतियोगिताको टिभी रियालिटी शो ‘नेपाल गोल्डन आइडल सिजन–६’ को सुदूरपश्चिम अडिसन आगामी पुसमा हुने भएको छ ।
गोल्डन स्टार मल्टिमिडियाले आयोजना गर्दै आएको शोको सुदूरपश्चिम अडिसन पुस ६ र ७ गते हुने बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो ।
आयोजक संस्थाका सुदूरपश्चिम संयोजक गुणाकर पनेरूले अडिसनबाट प्रत्येक प्रदेशबाट ३० जनाका दरले छनौट गरिने बताए ।
प्रतियोगिता विजेताले दश लाख रुपैयाँ बढीको पुरस्कार प्राप्त गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार