१३ बैशाख २०८१, बिहीबार

धनगढीमा रियो छमछमीको अडिसन



धनगढी । नेपाल टेलिभिजनको आयोजनामा धनगढीमा रियो छमछमीको चौथो संस्करण अन्तर्गत बुधबार भएको मेघा डान्स प्रतिस्पर्धाको अडिसन सकिएको छ ।
अडिसनमा सुदूरपश्चिम प्रदेशका सबै नौ जिल्लाबाट गरी ६९ जनाले प्रतिस्पर्धा गरेका थिए । बुधबार भएको मेघा डान्स प्रतिस्पर्धाको धनगढी अडिसनबाट १७ जना मेघा राउण्डका लागि छनोट भएको जनाइएको छ । काठमाडौंबाट शुरु भएको अडिसन बुटवल र धनगढी आयोजना भइसकेको छ भने देशका अन्य मुख्य शहरहरुमा केही दिनभित्रै सञ्चालन हुने जनाइएको छ । रियो छमछमीको चौथो संस्करणको विजेताले २३ लाख रुपैयाँ मूल्यको कार पुरस्कार पाउने आयोजकले जनाएको छ ।
त्यस्तै, द्वितीय स्थान प्राप्त गर्ने प्रतिस्पर्धीले पाँच लाख तथा तृतीय स्थान प्राप्त गर्नेले तनि लाख रुपैया बराबरको पुरस्कार पाउने छन् भने उत्कृष्ट १० भित्र परेका प्रतिस्पर्धीले जनही एक लाख रुपैया बराबरको पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।बुधबार धनगढीमा भएको अडिसनको निर्णायकमा महेश गोतार रहेका थिए भने स्थानीय निर्णायकमा भवानीप्रसाद रेग्मी रहेका थिए ।
कार्यक्रममा अडिसनलाई सफल बनाउन सहयोग पुर्‍याएका कैलाली, उद्योग बाणिज्य संघ, धनगढी एफएम, अनुमोदन दैनिक, स्थानीय निर्णायक रेग्मी र नेपाल टेलिभिजनका स्थानीय संवाददाता भरत शाहलाई सम्मान सहित मायाको चिनो प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार