१६ चैत्र २०८०, शुक्रबार

निष्ट एलपिएल : हिमालयन ह्वाइटहाउस र लिटिल बुद्ध सेमीफाईनलमा



धनगढी । धनगढीमा जारी निष्ट लिटिल फ्लावर प्रिमियर लिग (एलपीएल) मा काठमाडौंको हिमालयन ह्वाइट हाउस स्कुल र कञ्चनपुरको लिटिल बुद्ध सेमीफाईनलमा प्रवेश गरेका छन् । आईतवार भएको पहिलो खेलमा लिटिल बुद्धले काठमाडौंकै मोक्षदा स्कुललाई ८२ रनले हरायो ।
टस हारेर व्याटिङको निम्तो पाएको लिटिल बुद्धले निर्धारित २० ओभरमा सात विकेट क्षतिमा एक सय ७८ रन बनायो । लिटिल बुद्धका रोशन साउँद र सुशील खड्काले ४६/४६ रन बनाए । त्यस्तै, हेमन्त कार्कीले ३०, नारायण जोशीले १८ र हेमन्त धामीले १६ रन जोडे ।
बलिङतर्फ मोक्षदा स्कुलका सुबोध ढुंगेलले तीन तथा विपिन खत्री र रोशन पुलामीमगरले एक/एक विकेट लिए ।
एक सय ७९ रनको लक्ष्य पछ्याउने क्रममा मोक्षदा स्कुल निर्धारित २० ओभरमा आठ विकेट क्षतिमा ८१ रनमा समेटियो ।
मोक्षदाका सन्दीप बिस्टले ३४ तथा रोशन पुलामीमगरले अविजित २५ रन बनाए । मोक्षदामाथि ठूलो रन अन्तरले जीत दर्ता गर्ने क्रममा लिटिल बुद्धका विवेक यादव र रोचक ऐरले दुई/दुई विकेट लिए भने हेमन्त धामी तथा हेमन्त कार्कीले एक, एक विकेट लिए । सो खेलको म्यान अफ द म्याच लिटिल बुद्धका हेमन्त कार्की बने ।
आइतबार नै भएको अर्को खेलमा हिमालयन ह्वाईट हाउसले कैलाली मोडल स्कुललाई एक सय दश रनले हरायो ।
टस जितेर पहिले ब्याटिङ गरेको हिमालयन ह्वाईट हाउसले २० ओभरमा छ विकेट क्षतिमा एक सय ७९ रन बनायो । हिमालयनका अंकित सुवेदी ४३ बलमा १० चौका र दुई छक्का सहित ७६ रन बनाए । त्यस्तै, फ्रिदोस अन्सारीले अविजित ३२ रन बनाए भने अमित यादवले १६ तथा रमेश भट्ट र सन्जय श्रेष्ठले १३/१३ रन बनाए । बलिङतर्फ कैलाली मोडलका कैलाश खत्रीले तीन तथा अजय बिष्ट र सुबोध ऐरले एक एक/एक विकेट लिए ।
एक सय ८० रनको विजयी लक्ष्य पछ्याउने क्रममा कैलाली मोडल २० ओभरमा नौ विकेट क्षतिमा ६९ रनमा खुम्चियो ।
बलिङतर्फ हिमालयनका फ्रिदोस अन्सारी, अमृत सिंह र सुशान्त सिंहले समान दुई/दुई विकेट लिएका थिए । हिमालयनका अंकित सुवेदी म्यान अफ द म्याच भए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार