७ बैशाख २०८१, शुक्रबार

धनगढी प्रिमियर लिग माघ १९ देखि



धनगढी । तेस्रो संस्करणको धनगढी प्रमियर लिग (डिपीएल) आगामी माघ १९ गतेदेखि हुने भएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमी (डिसिए) ले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता आगामी माघ १९ देखि फागुन ४ गतेसम्म आयोजना गर्ने जानकारी दिएको हो ।
सम्पूर्ण खेल धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुने प्रतियोगितामा छ फ्रेन्चाइज टोलीले सहभागिता जनाउने छन् ।
रोउण्ड रोबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताका शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा
गर्नेछन् । प्रतियोगितामा सबै टोलीमा दुई/दुई विदेशी खेलाडी अनिवार्य गरिएको छ । अनुमानित बजेट पाँच करोड रहेको प्रतियोगिताको मुख्य प्रायोजन गर्ने विजय डिस्टिलरीले आयोजकलाई एक करोड १० लाख रुपैयाँ उपलब्ध गराउने एकेडेमीका अध्यक्ष सुवास शाहीले जानकारी दिएका छन् ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा विजय डिस्टिलरीका तर्फबाट चिफ फाइनान्स अफिसर सतीश कर्ण र डिसिएका तर्फबाट अध्यक्ष सुवास शाहीले प्रायोजन सम्झौतामा हस्ताक्षर गरेका थिए ।
एकेडेमीले डिपीएल दुई वर्षअघि सुरु गरेको थियो । प्रत्येक टोलीमा १५/१५ खेलाडी हुनेछन् । त्यसमा दुई विदेशी र धनगढीमा हुने ट्यालेन्ट हन्टबाट आएका सुदूरपश्चिमका एक खेलाडी प्रत्येक टोलीमा अनिवार्य समावेश गर्नुपर्ने प्रावधानलाई निरन्तरता दिइएको छ । अघिल्ला दुवै संस्करणमा टिम चौराह धनगढी विजयी भएको थियो । गत दुई सिजनमा टिम चौराहा धनगढी, सिवाइसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड, काठमाडौं गोल्डेन र विराटनगर किंग्सले प्रतियोगितामा भाग लिएका थिए ।
एकेडेमीका अध्यक्ष शाहीले क्रिकेटलाई विश्वसामू चिनाउने आफ्नो अभियानमा निरन्तर लागेको बताए । यसै कारणले डिपीएलले निरन्तरता पाएको बताए । उनले भने, ‘हामीले यस्ता प्रतियोगितालाई इम्प्याक्ट सेन्टरको रूपमा लिएका छौं ।’
उनले प्रतियोगितालाई अझै व्यवसायिक बनाउँदै क्रिकेटको माध्यमबनट देशलाई समृद्ध बनाउने र नेपालीलाई एकबद्ध बनाउने बताए । उनले भने, ‘क्रिकेटबाट नै हामीले सुदुरपश्चिमको पर्यटनलाई प्रवद्र्धन गर्ने प्यास गरेका छौं ।’
यस्तै मुख्य प्रायोजक रहेको विजय डिस्टिलरीका सतीश कर्णले प्रतियोगिताको मुख्य प्रायोजन रकम यसवर्ष बढाइएको र भविष्यमा पनि डिपीएलसाग सहकार्य जारी रहने विश्वास आफूले लिएको बताए ।
प्रतियोगितामा ‘धनगढी क्रिकेट सम्मान’ तथा नेपाली क्रिकेटमा महत्त्वपूर्ण योगदान दिने एक व्यक्तिलाई ‘अर्जुन खड्का स्मृति सम्मान’ स्वरुप एकरएक लाख प्रदान गरिने छ । लिग चरणमा प्रत्येक टोलीले अरु टोलीसाग एक–एक खेल खेल्ने छन् । शीर्ष चार टोली प्ले–अफमा पुग्नेछन् । त्यसमा पहिलो र दोस्रो हुने टोलीको विजेता फाइनल पुग्नेछ । त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टोलीसागको विजेतासाग फाइनल प्रवेशको लागि खेल्नेछ । प्रतियोगितामा कुल १९ खेल हुनेछ ।
दर्शकका लागि टिकट दर लिग चरणमा ५०, प्ले–अफमा ७० र फाइनलमा १ सय रुपैयाँ तोकिएको कार्यक्रममा जानकारी दिइयो । टिकट बिक्रीको २० प्रतिशत रकम फाप्ला अन्तर्राष्ट्रिय निर्माण अभियानलाई छुट्याइनेछ । सहभागी टोलीलाई ४० प्रतिशत रकम बाँडिनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार