१५ चैत्र २०८०, बिहीबार

कार्ड प्रणाली लागू गरेपछि मदिरा सेवन गर्ने घटे : अध्यक्ष रोकाया (भिडियोसहित अन्तर्वार्ता)



धनगढी । बाजुराको गौमुल गाउँपालिकाका अध्यक्ष हरि रोकायाले मदिरा सेवन गर्न कार्ड बनाउनुपर्ने नियम लागु गरेपछि मदिरा सेवन गर्नेको संख्या घटेको बताएका छन् ।
मंगलबार धनगढीमा अनुमोदन दैनिकलाई अन्तरवार्ता दिंदै अध्यक्ष रोकायाले अरुले खुवाएपछि मात्रै मदिरा खानेहरु खान छोडेको र खानैपर्ने बानी बसेकाहरुले कार्ड लिन थालेको बताए । यसले गर्दा महिला र मदिरा नखाने समुदाय एकदमै खुशी भएको उनले बताए । उनले मदिरा निषेध गरेपछि गाउँपालिकामा साउनयता झैझगडा पनि नभएको बताए । उनले गाउँपालिकामा अनुसाशन कायम गर्न मदिरा सेवन गर्न कार्ड प्रणाली लगाएको बताए ।
उनले गाउँपालिकामा हरेक दिन कार्यालय प्रवेश गर्नभन्दा पहिले राष्ट्रिय गान सहितको प्रार्थना गर्ने प्रक्रिया बसालिएको बताए । उनले गाउँपालिकामा कर्मचारीको अभाव भएपनि जनप्रतिनिधिहरु समेत कर्मचारी सरह समयमै कार्यालयमा आई प्रार्थना गर्ने गरेको उनले बताए ।
गौमुल गाउँपालिकामा स्वाउखेतीको लागि लगाएकै वर्ष फल्ने स्याउको पाँच हजार बेर्ना अर्डर गरिसकेको अध्यक्ष रोकायाले बताए । उनले गाउँपालिकाले सडक पूर्वाधार निर्माण र कृषिलाई प्राथमिकता दिएर कार्यक्रम ल्याएको बताए । उनले गौमुलमा स्वाउखेतीको लागि सम्भावना हुनुका साथै सहज वातावरण रहेको पनि बताए ।
उनले जडीबुटी उत्पादनको सम्भावना रहेको हुनाले सतुवा खेतीको लागि योजना बनाएको बताए । उनले प्रत्येक परिवारले एक क्वीन्टल सतुवा उत्पादन गर्न सके उनीहरुले महिनाको दुई/अढाई लाख कमाउन सक्ने बताए । उनले गौमुलमा अहिले सिमी खेती भइरहेको बताए ।

अध्यक्ष रोकायासंग अनुमोदन दैनिकका प्रकाशक प्रकाशविक्रम शाहले गरेको कुराखानी पुरा अंश युट्रयुबमा:

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार