७ बैशाख २०८१, शुक्रबार

डीसीएको मुम्बई टुर : सुबोधद्वयको उत्कृष्ट प्रदर्शन, लगातार तेस्रो जीत



धनगढी । कप्तान सुबोध ऐर ब्याटिङमा तथा दश वर्षीय बलर सुबोध तिवारी बलिङमा चम्केपछि को बिस्फोटक शतकीय पारी तथा दश वर्षीय बलर सुबोध को मद्दतले धनगढी क्रिकेट एकेडेमी (डीसीए) ले मुम्बईमा शानदार जित हात पारेको छ ।
डीसीएले स्थानीय जोली ब्रदरर्स क्रिकेट क्लबलाई एक सय १० रनले पराजित गरेको हो । यो संगै मुम्बईमा पाँच मैत्रीपूर्ण एकदिवसीय खेल खेलिसकेको डीसीएले तीन खेलमा जीत निकालेको छ । भने, दुई खेल गुमाएको छ ।
सोमवार क्रस मैदानमा टस हारेर पहिले ब्याटिड्डको निम्तो पाएको निर्धारित ३५ ओभर पुरै खेल्दै सात विकेटको नोक्सानमा दुई सय २८ रन बनायो । डीसीएको जीतमा कप्तान सुवोध ऐरले कप्तानी पारी खेल्दै सतक बनाए । उनले मात्र ८९ बलमा एक सय ६ रन बनाए । उनको ब्याटबाट १६ चौका निस्केको थियो ।
डीसीएले उच्च स्कोर बनाउने क्रममा कप्तान ऐर र अर्का प्रारम्भिक ब्याट्सम्यान रोहन विकले पहिलो विकेटको लागि ६३ रनको साझेदारी गरे । क्याच आउट भएका रोहनले ३१ रन बनाए । उनले पाँच चौका पनि हानेका थिए । यस्तै, डीसीएको जीतमा सोनु मण्डलको पारी पनि निकै महत्त्वपूर्ण रह्यो । उनले अर्ध शतक बनाए । चौथो विकेटको रूपमा कप्तान सुवोध र सोनुले सबैभन्दा बढी एक सय २४ रनको साझेदारी गरे । क्याच आउट हुनु अगाडि सोनुले ४९ बलको सामना गर्दै ६५ रनको योगदान गरे ।
सिजन कुँवरले पाँच, सन्दीप आउजीले ८ र विनोद विष्टले दुई रन बनाएर नटआउट रहे ।
बलिंग गर्दै जोलीका अथर्भले सर्वाधिक चार विकेट लिए पनि डीसीएलाई रन बनाउनबाट रोक्न सकेनन् । सात ओभर बलिंग गरेका उनले ४२ रन खर्चेका थिए ।
यसैगरी, देव अलिमक, अजहर मन्सुरी र रियान साहले समान/समान एक/एक विकेटको सफलंता हात पारेका थिए ।
विशाल लक्ष्य पछ्याउन मैदानमा उत्रेको जोली ब्रदर्श ३२ ओभरमा अलआउट हुँदै एक सय १८ रनमा समेटियो । उसका अजहर मनसुरीले ३१ र देवले १८ रन बनाए । अन्य ब्याट्सम्यान चल्न सकेनन् ।
जोलीको पारीलाई धराशयी पार्ने क्रममा डीसीएका १० वर्षीय खेलाडी सुवोध तिवारीले सर्वाधिक तीन विकेट लिए । सोनु मण्डल र निशान पन्तले दुई/दुई, कुश मण्डल र राजन लोहनीले समान एक/एक विकेट हात पारे ।
मुम्बई टुरमा रहेको डीसीएले अब दुई खेल मुम्बईको कल्याणमा खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार