१३ बैशाख २०८१, बिहीबार

साइपाल हिमाल आरोहण शुरु (फाेटाे फिचर र भिडियाे सहित)



धनगढी । सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लामा रहेको साइपाल हिमाल श्रृखला आरोहण शुरु भएको छ ।
विभिन्न मुलुकबाट साइपाल आरोहणमा जान बिहीबार धनगढी आइपुगेको टोलीलाई प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले नेपाली झण्डा दिएर विदाइ गरेकी छन ।
सो अवसरमा बोल्दै मन्त्री भट्टले पाँच बर्षअघि आरोहणका लागि खुला गरिएको साइपाललाई चिनाउन गरिएको प्रयास प्रशंसनिय भएको बताइन । आरोहण सफल होस उनले भनिन आवश्यक सहयोगका लागि प्रदेश सरकार तत्पर छ ।


बझाङका चार किशोरी सहित विभिन्न मुलुकबाट आएका १२ जनाले साइपाल हिमाल आरोहण गर्ने मिसन साइपाल अभियानकर्मी भोजराज भाटले बताए । आरोहण टोलीलाई सहयोग गर्न थप १६ जनाको टोली पनि सामेल छन ।
सात हजार ३१ मिटरको उचाईमा रहेको साइपाल आरोहण गर्न ३५ दिन लाग्ने भाटले बताए । सो आरोहणलाई समेटेर डेढ करोड लगानीको फिल्म पनि बन्ने भएको छ ।


अहिलेसम्म कोही पनि साइपाल हिमाल चढेको छैन बझाङकी चार किशोरी सहितले साइपाल चढेको इतिहास रच्ने छन । साइपाल गाउँपालिका वडा नम्बर ४ की २० बर्षिया संगिता रोकाया, साइपालकै वडा नम्बर ३ की २६ बर्षिया लक्ष्मी बुढा, तल्कोट गाउँपालिका १ की सरस्वती थापा, सुर्मा गाउँपालिका ३ की पवित्रा बोहरा साइपाल आरोहण गर्दैछन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार