११ बैशाख २०८१, मंगलवार

‘सखी’माथि साहित्यिक संवाद



धनगढी । साहित्यकार रामलाल जोशीद्वारा लिखित ‘सखी’ उपन्यासमाथि सोमबार लम्कीमा साहित्यिक संवाद भएको छ ।
युथ लिडरसीप कर्नर, लम्कीको आयोजनामा भएको कार्यक्रममा सहभागीहरूले सखी उपन्यासले थारू र पहाडी समुदायबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन योगदान पुर्‍याउने चर्चा गरे ।
सो अवसरमा उपन्यासकार जोशीलाई सम्मान समेत गरिएको थियो । उपन्यासमा मुख्य पात्रका रूपमा रहेकी किस्मती चौधरी नाम भएकी पूर्व कमलरीको तीन वर्षकै उमेरमा आमाबाबु गुमाएर तथा बेचिएर अर्काको घरमा १७ वर्ष काम गरेको जीवपनकथा समेटिएको छ ।
उपन्यासमा किस्मती लामो समयदेखि असहाय, असक्त महिला, अनाथ बालबालिका, पूर्वकमलरी र सहाराबिहीन मान्छेको सेवामा तल्लिन रहेको र सहारा आश्रम स्थापना गरेको कथा समेटिएको छ ।
उपन्यासकार जोशीले विश्व मानव सेवा केन्द्रद्वारा ‘विश्व मानव सेवा’ पुरस्कार पाएकी किस्मतीको कथामा आधारित रहेर उपन्यास लेखिएको बताए । उनले भने– “साहित्यमा शक्ति हुनुपर्छ । हाम्रो मुद्दा हामीले नै साहित्यमार्फत उठाउनुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार