१५ चैत्र २०८०, बिहीबार

दुनियाको अनौठो होटल: सिंहसँग ब्रेकफास्ट, भालुसँग लञ्च !



jamala-wildlife-lodge-hotelहिंश्रक जंगली जनावरको आमने सामने हुँदा होसहवास उड्नु स्वभाविकै हो । तर अस्ट्रेलियामा यस्तो ठाउँ छ जहाँ तपाइँ यी जंगली जनावरसँगै बस्न सक्नुहुन्छ, नजिकै बसेर भोजन गर्न सक्नुहुन्छ ।

कल्पना गर्नुस् त, तपाइँ नाश्ता गरिरहनुभएको छ र तपाइँलाई नजिकै बसेको सिंहले हेरिरहेको छ । बाथरुममा नुहाइरहनु भएको छ र तपाइँको नजिकै भालु घुमिरहेको छ ।

हो, अस्ट्रेलियामा बनेको एउटा लजमा यस्तै सुविधा छ । जहाँ बस्ने पाहुनाहरुले जंगली हिंश्रक जनावरको संगत गर्न पाउँछन् ।

क्यानबेरास्थित नेशनल जू एण्ड अक्वारियममा रहेको जमाला वाइल्डलाइफ लज यस्तो ठाउँ हो जहाँ बास बस्ने पर्यटकहरुले जनावरको सामिप्यतामा रहेर खुबै मस्ती गर्न पाउँछन् ।jamala-wildlife-lodge-1

१८ वटा कोठायुक्त उक्त लजमा सबै कोठामा काँचको बाक्लो प्यानल लगाइएको छ । उक्त काँचको एकापटि्ट पाहुना बस्छन् भने अर्कोपटि्ट सिंह, भालु, बाघ तथा जिराफ जस्ता जंगली जनावर घुम्दछन् ।

हो, अस्ट्रेलियामा बनेको एउटा लजमा यस्तै सुविधा छ । जहाँ बस्ने पाहुनाहरुले जंगली हिंश्रक जनावरको संगत गर्न पाउँछन् ।

क्यानबेरास्थित नेशनल जू एण्ड अक्वारियममा रहेको जमाला वाइल्डलाइफ लज यस्तो ठाउँ हो जहाँ बास बस्ने पर्यटकहरुले जनावरको सामिप्यतामा रहेर खुबै मस्ती गर्न पाउँछन् ।

१८ वटा कोठायुक्त उक्त लजमा सबै कोठामा काँचको बाक्लो प्यानल लगाइएको छ । उक्त काँचको एकापटि्ट पाहुना बस्छन् भने अर्कोपटि्ट सिंह, भालु, बाघ तथा जिराफ जस्ता जंगली जनावर घुम्दछन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार