८ बैशाख २०८१, शनिबार

सुदूरपश्चिम प्रदेशकाे राजधानी र नामबारे फेसबुकमा प्रदेशवासीकाे अभिव्यक्त्ति



प्रदेशसभाले प्रदेशकाे राजधानी गाेदावरी नगरपालिका वडा २ र ४ मा ताेकेपछि सुदूरपिश्चम प्रदेशका बासिन्दाहरूले प्रदेशकाे नाम र राजधानी बारे सामाजिक सञ्जालमा स्वागत, विराेध तथा असन्तुष्टी पाेखेका छन् । हामीले उनीहरू मध्ये केहिकाे फेसबुककाे स्टाटस जस्ताको त्यस्तै प्रस्तुत गरेका छाैंः
Sachchidananda Joshi
Sachchidananda Joshiप्रदेश नम्वर ७ को संसदमा कामरेड त्रिलोचन, कामरेड पूर्णा र कामरेड अर्चनाको मत डोटेली जनताको मत विपरित छ । जसमा मेरो गम्भिर विमती छ । भरत वहादुर खड्काको संसद वाकआउट पनि राजनीतिक स्टन्ट मात्रै देखियो । आफ्ना मतदाताहरुको इच्छा र स्वयंले उनिहरु संग गरेको कवुल विपरित आफ्नो मनलागि निर्णय गर्नेहरुलाई कसरी जनप्रतिनिधि मान्ने ? राजनीति पथभ्रष्ट भएको छ, हामी मान्दछौं तर अव त न्युनतम इमानदारीको अपेक्षा पनि रहेन । यसैले हामीले सम्विधानमा जनप्रतिनिधीहरुलाई प्रत्याह्वान गर्न पाउने व्यवस्था चाहिन्छ भनेको हो ।
Rajendra Devkota
Rajendra Devkota युवा पिढि नाम पनि जुराउन नसक्ने भएको मा चिन्तित । अन्य उपयुुक्त नाम राक्दा नि पास भैहाल्थ्यो दुइ तिहाइ जो थियो।खप्तड सैपाल मोहो न्याल सेति महाकाली आदि आदि। पन्चायत को झल्को ।
Matrika Timilsena राजधानीका विषयमा धनगढीका पक्षमा मात्रै एकहाेराे लेख्ने निस्पक्ष पत्रकारिताकाे जय हाेस । गाेदावरीकाे जंगलकाे माया हाे कि धनगढीका घडेरीकाे माया हाे, जनताकाे अावाज काे कुरा गर्ने हाे भने दिपायल, डडेल्धुरा, महेन्द्रनगर, टीकापुर पनि धनगढी जस्तै राजधानीका दाबेदार हुन याे कुरा पनि उठ्नु पर्छ ।
Rabin Pant मैले गरेर के हुन्छ र के हुदैन त्यो त थाहा छैन तर जंगल फाडेर तथाकथित राजधानी बनाउने कुराको न त समर्थन गरिन्छ, न साथ हुनेछ न सहयोग र सहकार्य … यो असहयोग आन्दोलन हो, तर येस्कालागी बन्द र हड्ताल को समर्थन वा आव्ह्वान कहिले गर्ने छैन ….
Dharma Raj Upadhyaya डोटीबाट ७ नम्बर प्रदेशको प्रदेश सभामा प्रतिनिधित्व गर्ने माननीय ज्यु लाइ जनताको मत भन्दा पार्टीको निर्देशन ठुलो लागेछ। डोटी को जनता को भावना बिपरित मत प्रकट गरि डोटीका जनताको मत को कदर गरेछन। अर्को चुनाब नि आउला जितेर आउनु मुख्य मन्त्री हुनु अनि डोटीका जनताको भावना बिपरित निर्णय गर्नु । हामी सबै डोटेलिहरु को शुभकामना छ माननिय ज्युहरुलाइ ।
 Bishnu Awasthi धेरै कलाकारले सुदुरपश्चिमका नाममा गित गाएका छन जस्तै सुदुरपश्चिम स्वर्ग सरि……, सुदुरकी चेली म त……, सुदुरपश्चिम मेरा ढकमक्क फुलि …….आदि धेरै छन ती गीत सुन्दा मन आनन्दित हुन्छ । ती कलाकार हरुले गाएका गीत सुदुरपश्चिमका गहना हुन र सम्पती हुन, अहिले भावनामा आएर प्रदेशको नाम अरु नै राख्दा ती कलाकार हरुले गाएका गितहरुको अपमान हुदैन ? प्रदेशको नाम राख्दा सबै कुरामा ध्यान दिनु पर्छ, हाललाई यो नै ठिक छ पछि परिवर्तन गरौंला भन्ने लाग्छ है मलाई त ।
प्रतिक्रिया दिनुहोस्
विशेष समाचार