१६ चैत्र २०८०, शुक्रबार

राना संस्कृति संरक्षणका लागि डेढ करोड



कञ्चनपुर । कञ्चनपुर र कैलालीका रानाथारू समुदायको कलासंस्कृतिको संरक्षण र संवद्र्धनका लागि सरकारले डेढ करोड रुपैयाँ विनियोजन गरेको छ ।
सोमबार जिल्लाको बेलौरी नगरपालिका–५, भकुण्डामा आयोजित रानाथारू समुदायको होली विशेष सांकृतिक कार्यक्रममा नेपाली काँग्रेसका नेता, सांसद एनपी सावदले रानाथारू संग्रहालयका लागि सरकारले एक करोड ५० लाख रुपैयाँ विनियोजन गरेको बताए ।
सो रकम आगामी वर्षको जेठ महिनाभित्र खर्च गरिसक्नु पर्ने भएकोले रानाथारू समुदायका अगुवाहरू गम्भीर हुन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार