७ बैशाख २०८१, शुक्रबार

थारू अभिनेता आशिषद्वारा आत्महत्या



थारू चलचित्रका अभिनेता आशिष डंगौराले बुधबार राति आत्महत्या गरेका छन् । धनगढी उपमहानगरपालिका–५, जालीका ३२ वर्षिय अभिनेता चौधरीले धनगढीको क्याम्पस चौंकमा आफैले सञ्चालन गरेको कल्चर रेष्टुरेन्टमा आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक हरि ओलीका अनुसार उनी रेष्टुरेन्टकै एक कोठाको भित्रबाट चुक्कुल लगाएर दुपट्टा घाँटीमा बाँधेर पंखा झुण्डुयाउने रडमा झुण्डिएको अवस्थामा राति करिब १ बजे फेला परेका थिए । स्थानीयका अनुसार विवाहित डंगौराको एक यूवतीसँग अवैध सम्बन्ध रहँदै आएको थियो । त्यसको पनि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । उनको शव पोष्टमर्टमको लागि सेती अञ्चल अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार