७ बैशाख २०८१, शुक्रबार

पूनम पाण्डेको अर्को हर्कत



बलिउडकी मोडल पूनम पाण्डे आफ्नो अश्लिल हर्कतका कारण चर्चामा रहन्छिन् । सामाजिक संजालमा उत्तेजक तस्बिर पोष्ट गरेर उनले हंगामा मच्चाउने कोशिश सधै गरेको पाइन्छ । यही क्रममा उनले इन्डिया र पाकिस्तानविचको क्रिकेट खेल चलिरहेको समयमा यस्तै एक हर्कत गरेकी छिन् ।
आफ्नो सेमी न्यूड फोटो ट्विटरमा राख्दै उनले इन्डिया र पाकिस्तानको खेल हेर्न तयार रहन फ्यानलाई आग्रह गरेकी छिन् । उनले लेखेकी छिन्-‘अब आउँछ बास्तविक मज्जा । के तपाई सबै तयार हुनुहुन्छ ।’
पूनमले शरीरमा एउटा टिसर्ट मात्र लगाएकी छिन् । उनको यो सेमी न्यूड फोटो इन्टरनेटमा भाइरल बनिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार