१६ चैत्र २०८०, शुक्रबार

दीपिका एशियाकै सेक्सी महिला



dipikaमुम्बई । बलिउड नायिका दीपिका पादुकोण एशियाको सेक्सि महिला बन्न सफल भएकि छिन् । यो सूचीमा पि्रयंका चोपडा दोस्रो स्थानमा छिन् ।

टेलिभिजन कलाकार निआ शर्मा कट्रि ना कैफ र आलिया भट्टलाई पछि पार्दै तेस्रो स्थानमा आउन सफल भएकि छिन् । टाइम्स अफ इण्डियाले उल्लेख गरे अनुसार २५ वर्षिय निआ इङग्ल्याण्डको ‘इस्टर्न आई न्युन पेपर’ ले गरेको सर्वेक्षणमा कटि्रना र आलिया भन्दा माथी आउन सफल भएकी थिइन् ।

उक्त सर्वेक्षणमा निआले ‘एक हजारो मे मेरी बहना है’वाट करिअर सुरु गरेकि थिइन् भने जमाई राजामा मुख्य भुमिका निर्वाह गरेकी थिइन् ।

अर्को एक सर्वेक्षणमा अभिनेता ऋतिक रोशनलाई पछि पार्दै बेलायती-पाकिस्तानी गायक जेन मलिक एशियाको सेक्सी पुरुष हुन सफल भएका छन् । वन डायरेक्सनका पूर्व सदस्य जेनले लगातार दोस्रो पटक यो उपाधि हात पारेका हुन् ।

लण्डनवाट प्रकाशित एक साप्ताहिक पत्रिका ‘इस्टर्न आई’ ले गत वर्ष गरेको सर्वेक्षणमा पनि उनले यो उपाधि हात पारेका थिए । सामाजिक सञ्जालवाट गरिएको सर्वेक्षणमा पाकिस्तानी अभिनेता फवाद खान, भारतीय टेलिभिजन अभिनेता आशीष शर्मा र सलमान खान शीर्ष पाँच स्थानमा छन् ।

यो सूचीमा रणबीर सिंह १० औं स्थानमा छन् भने शाहरुख खान १७ औ स्थानमा । ७ औं स्थानमा शाहिद कपुर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार