१६ चैत्र २०८०, शुक्रबार

‘मलाई आज पनि ३ हिरोइनको विकल्पमा राखिन्छ’



‘बेबी, पिंक’ जस्ता चलचित्रमा अभिनय गरेरै चर्चित अवार्डहरू जितेकी दर्शकबाट प्रशंसा समेत पाएकी नायिका हुन् तपसी पन्नु । तर, तपसी आज पनि निर्माताले आफूलाई पहिलो रोजाइकी नायिका नसंझदा दु:ख लाग्ने
बताउँछिन् । उनले अभिनय गरेको चलचित्र ‘नाम शबाना’ आउँदो शुक्रबार रिलिज भयो ।
तपसी भन्छिन्– ‘अवार्ड र चलचित्रमा सफलता पाइसकेपछि पनि मेरो जिन्दगी बदलिएको छैन । मलाई आज पनि, २ वा ३ नायिकाको विकल्पको रूपमा
राखिन्छ । म अझै पनि पहिलो रोजाइकी नायिका बन्न सकेकी छैन ।’ तपसीले आज पनि आफूलाई निर्माताले रोक्ने गरेको र आफ्नो नयाँ चलचित्रको बक्स अफिसको प्रतिक्षा गर्ने गरेको गुनासो गरेकी छिन् ।
तपसी बलिउडका टप नायिकाको सूचीमा पर्न चाहिन्छन् । उनी भन्छिन्– ‘म टप नायिका बन्न
चाहन्छु । एक पटक त्यहाँ पुगेपछि राम्रो
चलचित्रको अफर आउन थाल्छ । त्यसपछि, नायिकाको उमेरले खासै फरक पार्दैन ।’
आफू टप नायिका नभएपनि मानिसहरूले आफ्नो कुरा सुन्न थालेकोमा तपसीले खुशी
व्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार