१३ बैशाख २०८१, बिहीबार

‘अनुराग’ मा एलिजा र समुन्द्रको प्रेम र विछोडको कथा



चलचित्र ‘अनुराग’को ट्रेलर रिलिज गरिएको छ । असोज १२ गतेबाट रिलिज हुन लागेको यो चलचित्रको ट्रेलरमा बाल्यकालमा नै छुटेका साथीको कथालाई उठान गरिएको छ । म्यूजिकल लभ स्टोरी चलचित्रले दर्शकको मन जित्ने विश्वास गरिएको छ । एरिका फिल्मस् प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता ऋषिराज धमला हुन् ।
चलचित्रमा एलिजा गौतम, समुन्द्र पण्डित, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, मोहन निरौला, शिशिर राना, कमलमणी नेपाल लगायतका कलाकारको मुख्य भूमिका छ ।
ताराप्रकाश लिम्बु र सरोज पोखरेलको संगीत रहेको चलचित्रमा रामकुमार केसीको छायांकन, किरण दाहालको कथा, सत्यराज चौलागाई र अगत केसीको पटकथा तथा संवाद छ । चलचित्रलाई सत्यराजले निर्देशन गरेका हुन् भने गीता भेटवाल यो चलचित्रकी निर्मात्री हुन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार