११ बैशाख २०८१, मंगलवार

तस्बिरमा सुदूरपश्चिमको भूस्वर्ग बडिमालिका (भिडियोसहित)



बडिमालिका नेपालका प्रमुख मन्दिरहरूमा एक हो यो स्थान सेती अञ्चलको बाजुरा जिल्लामा पर्दछ । यहाँ प्रति बर्ष मालिका चतुर्दशीका दिन मुख्य पूजा हुन्छ । बडिमालिकामा २ वटा पूजारीहरूले पूजा गर्छन् ।  किंवदन्ती
पौराणिक कथा अनुशार महादेवकी पत्नी सतिदेवीका पिता दक्ष प्रजापतिले यज्ञा गर्दा महादेव र सतिलाई बोलाएनन् । सतिदेवि दक्ष प्रजापतीको यज्ञा स्थलमा गएर पितासँग आफ्ना पति महादेवलाई नबोलाउनाको कारण सोधिन् । दक्ष प्रजापतीले महादेव भाङ, धतुरो सेवन गर्ने, श्मसानमा वास गर्ने, गलामा सर्पको माला लगाउने, जटाधारी भेषमा रहने, शरिरभरी खरानी घस्ने, बाघको छालाको पहिरन गर्ने हुनाले यो यज्ञामा बस्दा शोभा भएकाले नबोलाएको भनि उत्तर दिए । आफ्ना पतिको यस्तो अपमान सहन गर्न नसकेर सतिदेविले यज्ञाकुण्डको अग्नीमा हाम फालेर प्राण त्याग गरिन् । त्यसपछी महादेव रिशाएर विरभद्रादी शिवगणलाई पठाएर दक्षलाई मारी दक्षको यज्ञा तहस नहस पार्न लगाए । त्यसपछी महादेव पत्नी वियोगमा पागल भएर सतिदेवीको मृत शरिर बोकेर पुरा विश्व घुम्न थाले । यसै बेला भगवान बिष्णुले आफ्नो चक्र सुदर्शण प्रहार गरी किरा पारेर सतिदेविको मृत शरिर कुहाए । यसरी ठाउँ ठाउँमा सतिका अंगहरू पतन हुँदै (झर्दै) खस्न थाले । यसरी ठाउँ ठाउँमा सतिका अंगहरू पतन हुँदै (झर्दै) खस्न थालेपछी जहाँ जहाँ सतिका अंग पतन भए त्यहाँ त्यहाँ एक एकवटा सिद्ध पिठ बन्दै गए । यसै क्रममा मल्लागिरी प्रवतमा सतिको बायाँ कुम पतन भयो । त्यसै मल्लागीरीलाई अहिले मालिका भनिन थालियो । र यहाँ मल्लिका अथवा मालिका देवी शक्ति स्वरुपले रहन थालिन् । तसर्थ यस स्थानमा बडिमालिका मन्दिर स्थापना गरेर पूजा गर्न थालियो । भनिन्छ प्राचिन कालमा भगवतिले महिषासुर नामको दैत्यको बध गरि सके पछि कालिकोटको “द्वारेढुंगा” भन्ने ठाउँमा विश्राम गरेकी थिईन् । पछि गएर द्वारेढुंगामा एक जना दाउरा खोज्न गएको दलित भोकले व्याकुल भई देविसँग बहरको मासु र हिया गहुँको रोटी माग्यो । देविले त्यो दलितको मनोरथ पुरा गरि दिइन् दलितले पुरै बहरलाई एक्लै खान न सकिने भएकाले उसले आफ्नो घरका मान्छेलाई बोलाएछ । उसको घरको मानिसहरूले टाढा भएका कारण सुन्न सकेनन् । तब त्यो दलितलाई रिस उठ्यो उसले भगवतीलाई भन्यो हे! प्रमेश्वरी मेरा घरका सबै मान्छे मरुन् । देविले पनि इछ्छा अनुसार वरदान दिईन् । त्यसपछी बहरको मासु लिएर दलित घर गएछ । घरमा हेर्दा त सबै जहानहरू मरेका देख्यो । फेरी दलित रिसायर द्वारेढुंगा पुग्यो ।  देवि उसलाई देखेर ढोका बंद गरी त्यहाँबाट भागिन् । दलिदले बहरको फिलाले देविको घरमा हानेको छाप अँझै द्वारे ढुङ्गामा देखिन्छ । यसो भएका कारण देवि हमेशाकालागी त्यो ठाउँ छोडेर त्रिवेणि, पंचपुरी पाटन, मल्ल पुरी पाटन हुँदै बडिमालिकामा गएर बसिन् । त्यसैले दलिदहरू बडिमालिका जाँदैनन् । अन्य भक्तजनहरू जो बाटो देवि गएकी हुन् त्यही बाटो भएर जान्छन् ।  (विकिपिडिया)

भिडियोहरु

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार