१३ बैशाख २०८१, बिहीबार

धुम मच्चाउने भए गायक झलक पालीले



लामो समयदेखि पत्रकारिता गर्दै आए पनि पछिल्लो समय गायन क्षेत्रलाईसँगै दौडाई रहेका पत्रकार तथा कलाकार झलक पालीले साँगितिक क्षेत्रमा धुम मच्चाउने भएका छन् ।
‘क्या मान्नी है सौंराई’ बोलको डेउडा गीतबाट गायन यात्रा शुरु गरेका पालीको ‘धुम मच्चाउँछु…’ बोलको डिजे प्याटर्नको लोक पप गीत रक्षावन्धनको अवसर पारी आईतबार सार्वजनिक भएको छ । गीत शब्द, सँगीत, स्वर र र्याप स्वयं गायक पालीकै रहेको छ ।
आफ्नै व्यक्तिगत विशेषताहरु समेटिएको गीतमा चर्चित मोडल चक्र बम र करिश्मा ढकालको अभिनय रहेको छ ।
काठमाण्डौंको टोखा भूतखेल र बसुन्धरामा रहेको मेघा पार्टी प्यालेस क्षेत्रमा सुटिङ्ग भएको गायक पालीले जानकारी दिए ।
उक्त गीतको एरेञ्ज केशव बडुले गरेका हुन् भने सुरताल डिजिटल रेकर्डिङ्ग स्टुडियो डिल्लीबजार काठमाण्डौमा गीतको रेकर्ड गरिएको हो ।
उक्त गीत गायक तथा मोडल चक्र बमको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
सानैदेखि गीत सँगीतमा औधी रुचि राख्ने पालीले डेउडा, लोक गीत, पप गीत र विभिन्न सचेतनामूलक गीतहरु बजारमा ल्याईसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार