१३ बैशाख २०८१, बिहीबार

‘समर लभ’मा साया बनेकी रेवती हेर्नुस् तस्बिर



दुई वर्ष पहिले नै फिल्मका रूपमा आउने भनेर प्रचारित ‘समर लभ’ उपयुक्त कलाकार नभेटिदा सुरु हुन सकेको थिएन्। आइतबार प्रेसमिटमा निर्माण पक्षले चर्चित युवा लेखक सुविन भट्टराई लिखित उपन्यासका शीर्ष पात्र अतीत तथा सायाका रूपमा आशिट पिया र रेवती क्षेत्रीलाई सार्वजनिक गर्‍यो।
मुस्कान ढकालको निर्देशन रहने फिल्मका लागि छनौट भएकी रेवती नेपाली मूलकी भारतीय हुन्। उनी २०१६ को मिस एसिया युनिभर्सिटी र मिस ईन्टरनेशनल भारतकी विजेता रेवती हुन्। ‘समर लभ’मा साया बनेसँगै रेवती भारतबाट नेपाली फिल्ममा अभिनय गर्ने पछिल्लो अभिनेत्री बनेकी छन्।

(साभारः सेतोपाटी अनलाइन)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार