१६ चैत्र २०८०, शुक्रबार

गायक नगार्जीको ‘सुईकायो रेलैले…’ बजारमा



सुदूरपश्चिमको अछाम जिल्लाको रिडिकोटमा जन्म थलो बनाई कठामडौंमा कर्मथलो बनाएका सञ्चारकर्मी, संगीतकार तथा गायक सुनिल नगार्जीको चाथौं तीज गीत ‘सुईकायो रेलैले…’ बजारमा आएको छ । धिताल फिल्मस् प्रालिद्वारा उत्पादित तीज गीत सुनिल नगार्जी, प्रकाश दुरा, मीना बुढाथोकी, वसन्ती मगरको संयुक्त स्वरमा तीज गीत बजारमा आएको हो ।
गीतको संगीत सुनिल नागर्जीले गरेका छन् भने शब्द मीना बुढाथोकीको रहेको छ । गीतको कोरियोग्राफी गोबिन्द्र श्रेष्ठको रहेको छ । छायाँकन मरुभूमि नारायणले गरेका हुन् भने गीतको सम्पादन रोशन धितालले गरेका छन् तथा गीतको निर्देशन राज पाठकले गरेका छन् । त्यस्तै गीतमा अभिनय दीपेन्द्र संज्याल र आरुसी मगरले गरेका छन् ।
‘के हो तिम्रो पारा…’” गीतको बोलबाट सांगीतिक क्षेत्रमा प्रवेश गरेका नगार्जी पछिल्लो समयमा तीजको कोशेली नौ तोलाको हार…, छमछमी…, लेहेंगा चोली… बोलको तीज गीत बजारमा ल्याई सकेका छन् । गायक नागार्जीले यस गीतले राम्रो बजार पाउने र सम्पूर्ण दर्शक तथा स्रोतालाई गीत हेर्न र सुन्न समेत आग्रह गरेका छन् ।

https://www.youtube.com/watch?v=72udpGNMXR4

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार