१३ बैशाख २०८१, बिहीबार

कडा निगरानीमा सलमान र कट्रिना



बलिउडका चर्चित नायक सलमान खान र कट्रिना कैफको सुटिङ अहिले कडा निगरानीमा भइरहेको छ । अष्ट्रेलियामा ‘टाईगर जिन्दा हे’को सुटिङ गरिरहेका सलमान र कट्रिनालाई मिडियावाट टाढै राख्ने प्रयास निर्माण संस्थाले गरेको छ ।
निर्माता आदित्य चोपडाको चाहना छ कि चलचित्र रिलिज हुनु अघि सलमान, कट्रिना र चलचित्र सम्बन्धी कुनै पनि तस्बिर वा भिडियो सार्वजनिक नहोस् । कुनै समय रिलेशनमा रहेका सलमान–कट्रिना अहिले एक अर्कासँग टाढिएका छन् । केही भारतीय मिडियाहरुले उनीहरुको पुर्नमिलनको संकेत देखिएको उल्लेख गरेपछि अहिले फेरि यो जोडीको प्रेम चर्चा सुरु हुन थालेको छ ।
‘टाइगर जिन्दा हे’, ‘एक था टाइगर’को सिक्वेल हो भने यसमा सलमान कट्रिनाले मुख्य भुमिका निर्वाह गरेका छन् । सलमान र कट्रिना छुट्टिएकोमा दुःखी भएका प्रसंसकलाई यो चलचित्रले खुसी बनाउँछ वा दुःखी हेर्न बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार