१६ चैत्र २०८०, शुक्रबार

साउनको पहिलो सोमबार



धनगढी । यस वर्षको साउन महिनाको पहिलो सोमबार । यो दिन ब्रतालु हिन्दू महिलाहरूले भक्तिपर्वक आराध्यदेव महादेवको पूजाआजा गर्ने गर्दछन् ।
सोमबार धनगढीमा रहेका शिवपुरी धाम, पशुपति मन्दिर, शिव मन्दिर लगायतका मठमन्दिरमा दिनभरी नै ब्रतालु महिलाहरूको घुइचो लागेको थियो ।
साउन महिनामा भगवान शिवलाई शुद्ध जल चढाएमा सबै मनोआकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ । त्यस्तै, सोमबार व्रत बसी शिवको आराधना गर्दा अटल सौभाग्य प्राप्ति हुने जनविश्वास समेत छ । धार्मिक आस्था राख्नेहरूका लागि विशेष महिना हो साउन । हरियो महिनाका रूपमा लिइने साउनभर नजिकको तीर्थस्थलमा विशेषगरी हिन्दु धर्मावलम्बीहरू पूजा आराधनामा व्यस्त भएका छन् ।
त्यस्तै, विभिन्न शिवालयमा भक्तजनहरूले पवित्र नदीकुण्डको जल चढाएका थिए । धनगढीमा प्राय: गोदावरी नदीबाट जल भरेर भगवान महादेव (बोल बम) नाम जप्दै पैदल नै हिंडेर शिवालयमा पुगेर जल अर्पण गर्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार