१३ बैशाख २०८१, बिहीबार

‘मिस्टर भर्जिन’मा छुल्ठिमको आइटम



चलचित्र ‘मिस्टर भर्जिन’मा समावेश एक आइटम गीत सार्वजनिक भएको छ । ‘पैसा फेक तमाशा देख’ बोलको गीतको भिडियो युटुबमा रिलिज गरिएको हो । यो गीतको भिडियोमा नायिका छुल्ठिम गुरुङलाई फिचरिङ गरिएको छ ।
साथमा, चलचित्रमा मुख्य कलाकार गौरव पहारी, कमलमणि नेपाल, विजय बराललाई भिडियोमा देख्न सकिन्छ । गीतमा शशी रावल र राजेन्द्र भट्टको स्वर, राजेन्द्रकै संगीत, टुरिस्ट जङ बीकेको शब्द छ । दीपक याम सिंहले यो भिडियोको कोरियोग्राफी गरेका हुन् ।
विशारद बस्नेतको निर्देशनमा तयार भएको यो चलचित्र भदौ १ गतेबाट रिलिज हुँदैछ । चलचित्रमा गौरव पहारी, बिजय बराल, कमलमणि नेपाल, मरिष्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको मुख्य भूमिका छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार