१३ बैशाख २०८१, बिहीबार

लम्की आशा महोत्सव सञ्चालन



बौनिया  ।  कैलालीको लम्कीमा शुक्रवारदेखि लम्की आशा महोत्सव–२०७३ सञ्चालन भएको छ । महोत्सव आइतबारसम्म सञ्चालन हुने जनाइएको छ ।
नेपाल राष्ट्रिय इसाई समाजको प्रथम वार्षिकोत्सवको अवसरमा नेपाल राष्ट्रिय इसाई समाज लम्कीको आयोजनामा सो महोत्सव २०७३ सञ्चालन भएको छ ।
नेपाल राष्ट्रिय इसाई समाज लम्कीका अध्यक्ष जन्मजय भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको टीकापुर ह्याविटेडका संस्थापक रामराज खरेलले उद्घाटन गरेका थिए ।
कार्यक्रममा इलाका प्रशासन कार्यालय प्रमुख वसन्तबहादुर बोहरा, नेपाली काँग्रेसका लवबहादुर शाही, राप्रपाका नन्दा शाही, जनमोर्चा नेपालका मिलन शाही, लम्की बहुमुखी क्याम्पसका अध्यक्ष देवानन्द जैसी, लम्की जेसीजका अध्यक्ष जुगराम चौधरी, इलाका हुलाक कार्यालय लम्कीका प्रमुख जयराज ढुंगाना लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा समाजका धनगढीका अध्यक्ष राजकुमार सुनारले स्वागत गरेका थिए ।
महोत्सवमा शुक्रवार बिहानी विकको प्रस्तुति रहेको थियो । आज (शनिवार) गायिका अञ्जु पन्तको र भोलि (आइतबार) हास्य कलाकार शुलेमान शङ्करको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।
कार्यक्रममा कैलालीका विभिन्न शाखाका इसाई धर्मालम्बीहरूको सहभागिता रहेको छ ।
नेपाल राष्ट्रिय इसाई समाज केन्द्रीय सचिव चेतराज जोशी र कोषाध्यक्ष लीला प्रजापतिले सञ्चालन गरेको कार्यक्रममा आसामका बुलन्द तत्त्वले प्रवचन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार