६ बैशाख २०८१, बिहीबार

इन्गेजमेन्टपछि झनै बोल्ड प्रियंका



नायिका प्रियंका कार्की बोल्ड छवि बनाउन सफल छिन् । प्रियंकाआफूलाई विन्दास शैलीमा प्रस्तुत पनि गर्छिन् । सायद, यही कारणले हुनसक्छ प्रियंकाको चर्चा खुबै हुनेगर्छ ।
पछिल्लो दिन नायक आयुष्मान देशराज जोशीसँग इन्गेजमेन्ट गरेपछि नायिका कार्कीको चर्चा झनै चुलिएको छ । प्रेम सम्बन्धमा रहेको यो जोडीले आफूहरुलाई अझै नजिक बनाएपछि चर्चा पाएको हो । अर्को बर्ष यो जोडीले बिहे गर्दैछ ।
उनै, नायिका कार्की एक सौन्दर्य प्रतियोगीताको कोरियोग्राफरको रुपमा अहिले अमेरिकामा छिन् । तर, अमेरिकामा पुगेपनि उनले आफूलाई बोल्ड रुपमा प्रस्तुत गर्न भने छाडेकी छैनन् । स्विमिङ पूलमा नायिका कार्कीको बोल्ड छवि झल्किएको छ ।
उनले, अनलाइनखबरलाई उपलब्ध गराएको केही तस्बिरमा उनी स्विमसुटमा छिन् । इन्गेजमेन्टका कारण हो या किन हो, उनी खुलेकी छिन् र मुस्कुराएकी छिन् ।
प्रियंकाले इन्गेजेमन्टपछि पनि आफ्नो बोल्ड छवि नबदलिएको छनक यी तस्बिरबाट गराएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार