८ बैशाख २०८१, शनिबार

बाहुबली-२ को ट्रेलर सार्वजनिक




बहु प्रतिक्षित हिन्दी फिल्म ‘बाहुबली-२’ को ट्रेलर सार्वजनिक भएको छ । दक्षिण भारतीय भाषामा रिलिज भएको ट्रेलरमा प्रभास राणा दग्गुबती, अनुष्का शेट्टीलगायतले अभिनय गरेका छन् ।
एस एस राजामौलीको निर्देशनमा बनेको फिल्मको दोस्रो पार्टमा देवसेना (अनुष्का शेट्टी) र महेन्द्र बाहुबली (प्रभास) को प्रेम प्रसंग पनि देखाउन खोजिएको छ ।
कटप्पा (सत्यराज) को उपस्थितीले दर्शकलाई उत्सुक बनाइदिन्छ । तर, अघिल्लो फिल्मकी मुख्य नायिका तमन्ना भाटिया ट्रेलरमा देखिन्नन् । यो फिल्म आउदो २८ अप्रिलमा रिलिज हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार