१२ बैशाख २०८१, बुधबार

मेची–महाकाली राष्ट्रिय अभियान : धनगढीमा सभा



धनगढी । नेकपा (एमाले) ले सञ्चालन गरेको मेची–महाकाली राष्ट्रिय अभियान अन्तर्गत बिहीबार कैलालीको धनगढीमा सभा भएको छ । अभियानलाई विभिन्न जनसमुदायले आ–आफ्नो भेषभुषा र परम्परा अनुसारका सांस्कृति झाँकीहरूमार्फत स्वागत गरेका थिए ।
सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपि ओलीले संविधान संशोधनको प्रस्ताव हिमाल पहाड र तराईलाई टुक्रा गरी छुट्टै राज्य बनाउने षड्यन्त्र भएको बताए । उनले स्थानीय तहको निर्वाचन मार्फत लोकतन्त्रको सुदृद्धिकरण गरेर देशमा खुसी ल्याउनुपर्ने बताए । सुदूरपश्चिममा विकासको सम्भावना रहेकोले यसको विकासका लागि एमालेले योजना ल्याउन सक्ने अध्यक्ष ओलीले दाबी गर । उनले सरकारले त्यालएको संविधान संशोधन प्रस्ताव एमालेले स्वीकार्न नसक्ने बताए । संविधान संशोधनले देशमा अलमल र साम्प्रदायिक दंगा मात्र हुने अध्यक्ष ओलीले बताए ।
एमाले उपाध्यक्ष बामदेव गौतमले एमालेको विरोध गर्ने मधेसी मोर्चा, नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेससंग कुनै विषय नै नरहेको दाबी गरे । उनले संविधान संशोधनको विषय ल्याएर अनावश्यक विराध भइरहेको बताए । उनले संविधान संशोधन मार्फत हिन्दी भाषालाई सरकारी कामकाजको भाषा बनाउन खोजेको भन्दै विरोध गरे ।
सभालाई एमाले नेतृ गरिमा शाह, नेता भीम आचार्य लगायतले सम्बोधन गरेका थिए ।
कार्यक्रममा काँग्रेस, माओवादी, थरुहटलगायतका विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्ने सयौँ जनालाई टीका लगाएर स्वागत गरिएको थियो ।
अभियान अन्तर्गत बिहीबार नै कञ्चनपुरको महेन्द्रनगरमा पनि सभा भएको छ । अभियान शुक्रवार सुर्खेतमा समापन हुने जनाइएको छ ।

 

सम्बन्धित समाचार 

तीनै तहका निर्वाचन नै मुख्य लक्ष्य : वरिष्ठ नेताहरू

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार