४ बैशाख २०८१, मंगलवार

रिलिज अगावै अक्षय र रजनीकान्तको फिल्म १ सय १० करोडमा बिक्रि



अभिनेता अक्षय कुमार र साउथका सुपरस्टार रजनीकान्तको नयाँ फिल्म ‘२.०’ को सटेलाइट राइट्सलाई लिएर अहिले निकै चर्चा भइरहेको छ । खासमा यो फिल्मको सटेलाइट्स राइट्स लगभग ११० करोडमा बिक्रि भएको छ, त्यो पनि हिन्दी, तमिल र तेलगु भाषाको लागि ।
यो फिल्मको प्रशारण अधिकार जी नेटवर्कले ११० करोडमा खरिद गरेको हो । ‘२.०’ साइंस फिक्शन फिल्म हो, जसका निर्देशक एस शंकर हुन । यो फिल्ममा अक्षय कुमार, रजनीकान्तका अलवा अभिनेत्री एमी जैक्सन पनि मुख्य भूमिकामा छिन् ।
यो फिल्म २०१७ को अक्टुबरमा रिलिज हुँदैछ र फिल्मको सटेलाइट राइट्स यति महँगोमा बिक्रि भएपछि बलीउडमा मात्र होइन यो खबरले साउथ इन्डस्ट्रीमा पनि हंगामा मच्चाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार