१३ बैशाख २०८१, बिहीबार

माध्यमिक शिक्षा परीक्षामा सुदूरपश्चिमका पाँच लाख ३८ हजार बढी सहभागी




धनगढी  ।  
एसएलसी प्रणाली हटेपछि सुदूरपश्चिम सहित देशभरि बिहीबारदेखि माध्यामिक शिक्षा परीक्षा हुने भएको छ । यस अघिका वर्षहरूमा सरकारले एसएलसी परीक्षाका रूपमा सञ्चालन गदै आएको भए पनि यस वर्षदेखि एसइईका परीक्षा सञ्चालन हुने भएको हो ।
परीक्षामा देशभरबाट दुुई लाख ५९ हजार सात सय ३२ छात्र र दुुई लाख ७८ हजार चार सय ५० छात्रा गरी कुल पाँच लाख ३८ हजार एक सय ८२ परीक्षार्थी सहभागी हुने बताइएको छ ।
प्रदेश नम्बर ७ अर्थात् सुदूरपश्चिमबाट ६३ हजार छ सय ३७ जना विद्यार्थीहरू सहभागी हुने क्षेत्रीय शिक्षा निर्देशनालय दिपायल राजपुरका शाखा अधिकृत पुर्णबहादुर शाहले जानकारी दिए ।
प्रदेश नम्बर ७ बाट परीक्षामा २९ हजार बढी छात्र र ३३ हजार बढी छात्रा सहभागी हुने क्षेत्रीय शिक्षा निर्देशनालय डोटीका शाखा अधिकृत शाहले जानकारी दिएका छन् ।
प्रदेशका नौँ वटा जिल्लामध्ये सबैभन्दा बढी कैलालीबाट विद्यार्थी परीक्षामा सामेल हुने उनले जानकारी दिएका छन् । कैलालीबाट १९ हजार ६ सय ९७ विद्यार्थी परीक्षामा सामेल हुने छन् ।
सबैभन्दा कम भने डोटीबाट तीन हजार दुई सय ६७ जना परीक्षामा सहभागी हुने शाखा अधिकृत शाहले जानकारी दिएका छन् ।
डडेल्धुराबाट भने तीन हजार दुई सय ८० जना परीक्षामा सामेल हुने जिल्ला शिक्षा कार्यालय डडेल्धुराले जनाएको छ ।
परीक्षामा नियमिततर्फ ५१ हजार आठ सय ८४ जना विद्यार्थीले परीक्षा दिने छन् भने आंसिक तर्फबाट २९ हजार एक विद्यार्थीले परीक्षामा सहभागिता जनाउने छन् । यस्तै ग्रेड वृद्धितर्फ आठ हजार आठ सय ५८ जनाले परीक्षा दिने छन् भने प्राविधिक धार तर्फका पाँच सय ८७ जना विद्यार्थीले परीक्षामा सहभागिता जनाउने शाखा अधिकृत शाहले जानकारी दिए ।
बाजुरामा तीन हजार आठ सय २७, बझाङ्मा पाँच हजार ३३, अछाममा छ हजार दुई सय ३३, डोटीमा तीन हजार दुई सय ६७, दार्चुला तीन हजार सात सय ९८, बैतडीमा छ हजार सात सय ९८, डडेल्धुरामा तीन हजार दुई सय ८१, कञ्चनपुरमा ११ हजार पाँच सय र कैलालीबाट १९ हजार छ सय ९८ परीक्षार्थी छन् ।
गत वर्ष प्रदेश नम्बर सातबाट ७१ हजार ५८ विद्यार्थीले परीक्षामा सहभागिता जनाएकोमा यस वर्ष भने त्यो सङ्ख्यामा सात हजार बढीले कमी आएको छ । गत वर्ष एक हजार दुई सय ३० जनाले मात्रै अयोग्य ठहर हुँदै परीक्षामा सहभागी हुन पाएका थिएनन् । तर नौ वटै जिल्लाबाट यो वर्षको परीक्षामा दुई हजार एक सय ९७ जना सामेल हुन नपाउने भएका छन् । हाजिर नपुगेका कारण ठुलो सङ्ख्याका ती विद्यार्थीहरूले परीक्षामा सहभागिता जनाउनबाट वञ्चित हुने भएका उनले जानकारी दिएका छन् ।
बाजुरामा एक सय ९५, बझाङ्मा दुई सय ६२, अछाममा दुई सय ४४, डोटीमा एक सय ४३, दार्चुलामा एक सय २६, बैतडीमा दुई सय ३९, डडेल्धुरामा एक सय एक, कञ्चनपुरमा तीन सय ३८ र कैलालीमा पाँच सय ५८ विद्यार्थी आयोग्य रहेको शिक्षा निर्देशनालयले जानकारी दिएको छ । यस पटकको परीक्षामा नियमति, ग्रेड वृद्धि, ईक्जाम्टेड र प्राविधिक धार गरी चार समूहमा विद्यार्थीहरूलाई विभाजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार