१६ चैत्र २०८०, शुक्रबार

वक्षस्थलको साइज बढाउन दीपिकालाई सर्जरी गर्न सुझाव



दीपिका पादुकोण यतिबेला बलिउडकी नम्बर १ अभिनेत्री मानिन्छिन् । यो स्थानसम्म आइपुग्न उनले कम्ति पापड बेलेकी भने छैनन् ।
दिपिकाको पारिवारिक पृष्ठभूमि फिल्मसँग जोडिएको थिएन । पहिले उनी स्वयम् पनि एउटा कलाकार नभएर खेलाडी बन्न चाहन्थिन् । तर, ठूली भए पनि उनलाई नायिका बन्ने भूत सवार भयो । तर, उनका लागि न टेक्ने हाँगो थियो न समाउने ।
हालै एक अन्तरवार्तामा दिपिकाले आफ्नो संघर्षका दिनहरु सम्भिmएकी छन् । उनका अनुसार त्यतिबेला अडिसनका लागि धाउँदा निर्माता-निर्देशकहरुले उनको फिगरमाथि असन्तुष्टी जनाउँथे । धेरैजसोको कमेन्ट हुन्थ्यो, उनको वक्षस्थलमा ।
‘मलाई धेरै निर्माता र निर्देशकले वक्षस्थल ठूलो बनाउने सर्जरी गर्न सुझाव दिएका थिए,’ दिपिकाले सम्भिmइन्, ‘तर मलाई आफ्नो वक्षस्थलमा गर्व थियो, त्यसैले यसतर्फ सोचिनँ ।’
बलिउडमा सर्जरीमार्फत वक्षस्थल आकर्षक बनाएका थुप्रै नायिकाहरु छन् । तर, दिपिका यो दौडमा लागिनन् । बरु कठिन एक्सरसाइज गरेर आफ्नो फिगरलाई मेन्टेन गरिन् ।
त्यसो त अहिले पनि उनको वक्षस्थलका विषयमा मानिसहरुले टिप्पणी गर्न छोडेका छैनन् । सार्जजनिक कार्यक्रमहरुमा उपस्थित हुँदा दिपिका आफ्नो ‘क्लीभेज’ देखाउन मन पराउँछिन् । कहिलेकाही त भित्री बस्त्र पनि नलगाई हिड्छिन् । यस्तो बेला उनको वक्षस्थलले अत्यधिक आलोचना खेप्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार