१३ बैशाख २०८१, बिहीबार

पाचौंपटक बनिन् प्रियंका ‘हटेस्ट उमन अफ द प्लानेट’



बलिउड अभिनेत्री प्रियंका चोपडालाई एउटा चर्चित म्यागजिनले ब्रम्हान्डकै ‘हट’ महिला ठहर गरेको छ । म्याक्सिम म्यागजिनले आफ्नो जून २०१८ को एडिसनमा उनलाई यस्तो उपाधि दिएको हो । पत्रिको कभर पेजमा प्रियंकाको हट तस्वीर पनि समावेश छ ।
प्रियंकाले यो उपाधि पाएको लगातार पचौंपटक हो । म्यागजिनले आफ्नो फेसबुक पेजमा लेखेको छ, ‘प्रियंका एकदम प्रतिभाशाली छिन् र सुन्दर पनि । करोडौं फ्यानहरुको समर्थनमा उनी २०१८ का १०० महिलाहरुको लिस्टमा एक नम्बरमा आएकी हुन् ।’
प्रियंका यतिबेला अमेरिकी गायक निक जोनससँगको प्रैम सम्वन्धका कारण चर्चामा छिन् । यो जोडी अहिले भारतका विभिन्न स्थानमा घुमघाम गरिरहेको छ । प्रियंकाले आफ्ना व्वाइफ्रेन्डलाई आफ्नी आमा र दाईसँग भेट गराइसकेकी छन् । उनीहरु चाँडै लिभिङ टुगेदरमा बस्न लागेको चर्चा पनि चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार