१५ चैत्र २०८०, बिहीबार

सेती अञ्चल अस्पतालको इमर्जेन्सी शाखामा तोडफोड



धनगढी । कैलालीको धनगढीस्थित सेती अञ्चल अस्पतालको इमर्जेन्सी शाखामा आइतबार तोडफोड भएको छ । अस्पतालमा डाक्टर नभेटिएको र उपचार राम्रोसँग नभएको भन्दै मृतक र घाइतेका आफन्तहरुले तोडफोड गरेको हो ।
आइतबार साँझ फूलबारीबाट धनगढी आउन लागेको बा ३ ख १६३३ नम्बरको बिहेको बसमा धनगढीको क्याम्पसरोडबाट फूलबारी जादै गरेको से ४ प ७१६६ नम्बरको मोटरसाइकल झन्डै ७ बजेतिर धनगढीको मनेहरा नजिक दुर्घटना भएको थियो । दुर्घटनामा परि क्याम्पसरोड बस्ने २१ वर्षीय दिपेन्द्र बुढाको सेती अञ्चल अस्पतालमा मृत्यु भएको थियो भने घाइते अन्दाजी २५ वर्षीय लोकराज थापालाई काठमाडौँ छाउनी अस्पतालमा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय कैलाली प्रहरी नायव उपरिक्षक विरबहादुर बुढा मगरले जानकारी दिए ।


‘सेती अञ्चल अस्पतालमा अन्दाजी साढे ७ बजे पुर्याएपनि अस्पतालमा डाक्टर नहुँदा एक घण्टासम्म पनि छोराको उपचार भएन’ मृतकका बुबा लालबहादुर बुढाले भने अस्पतालमा राम्रो उपचार नभएपछि मृत्यु भयो ।’ उनले शान्त भएका आफ्न्तहरु छोराको मृत्यु भएपछि आक्रोशमा आएर तोडफोड गरेको बताए ।
जिल्ला प्रहरी कार्यालय कैलालीले तोडफोडमा संलग्न भएका १० जनालाई पक्राउ गरेको छ । ईर्मेजेन्सी शाखाको टिकट काट्ने झ्यालको सिसा, आल्मुनियमको ढोका, सुझाव पेटिका दराज लगायत तोडफोड गरेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरिक्षक बुढा मगरले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालयले अस्पताल प्रशासनबाट निवेदन आएमा पक्राउ परेकाहरुलाई सार्वजनिक मुद्धा चलाउने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार