७ बैशाख २०८१, शुक्रबार

तेरिया ‘मायाको मोल’बाट डेब्यू गर्दै



भारतीय टेलिभिजनमा प्रशारण हुने डान्सिङ रियालिटी शोबाट चर्चामा आएकी तेरिया मगर अहिले भारतमै बसेर करिअरलाई अगाडि बढाइरहेकी छिन् । उनले नेपालमा आएर करिअर अगाडि बढाउने संभावना खासै देखिएको छैन ।
तर, यी चर्चित नृत्यांगनाले अब एउटा नेपाली चलचित्रमा काम भने गर्ने पक्का भएको छ । चलचित्र ‘पटुकी’ का निर्माता म्याक टेन कालुले निर्माण तथा निर्देशन गर्न लागेको चलचित्र ‘मायको मोल’मा उनले काम गर्ने भएकी हुन् ।
चलचित्रका निर्माता कालुले अनलाइनखबरसँग भने-‘हो, तेरियालाई हामीले फाइनल गरेका छौ ।’ तेरियाले चलचित्रका लागि कुनै पारिश्रमिक नलिएको उनले बताएका छन् । चलचित्रले १६ बर्षका यूवायूवतीहरुको प्रेम कथालाई प्रस्तुत गर्नेछ । असोजमा चलचित्रको गीत छायांकन गर्ने र पुसमा अन्य छायांकन गर्ने कालुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार