१२ बैशाख २०८१, बुधबार

झ्याल नभएको हवाईजहाजमा



के तपाइँ झ्याल नभएको हवाईजहाजमा चढेर बाहिरी संसारबाट अलग भएर समुद्रमाथिको आकाशमा ८/९ घण्टाको यात्रा गर्ने कुराको कल्पना गर्नुभएको छ ?
तपाइँको यस्तो कल्पना अब पूरा हुनेवाला छ । किनकि दुबईको इमिरेट्स एइरलाइन्सका मालिकले यसको योजना बनाइसकेका छन् ।
इमिरेट्स एयरलाइन्सका प्रमुख सर टिम क्लार्कका अनुसार आउँदा वर्षहरुमा झ्याल नभएका जहाजको कुरा यथार्थमा परिणत हुनेवाला छ ।
बुधबार एउटा एयरलाइन्सको फस्र्ट क्लास क्याबिन खण्डमा यस्तै देखियो । जहाजमा क्याबिन खण्डमा कुनै झ्याल थिएनन् ।
झ्याल नहुनका कारणले फाइबर अप्टिक्समार्फत जडिन क्यामराको एक प्रणालीका माध्यमले यात्रुहरुलाई बाहिरका दृश्यहरु देखाइयो ।
इमिरेट्स एयरलाइन्सको बोइंग ७७७–३०० इआर जहाजको फस्र्ट क्लास क्याबिनमा यो सुविधा सुरु गरिसकिएको छ र छिटै जहाजका हरेक खण्डमा लागू गरिनेछ ।
वास्तवमा विमानमा वास्तविक झ्यालको साटो भर्चुअल झ्यालहरु हुनेछन् ।
क्लार्कका अनुसार विमानमा झ्याल नहुनाले विमानको संरचना बलियो बन्नुका साथै वजन समेत कम हुने र तिव्र गतिमा उडान भर्ने हुँदा इन्धन समेत कम खपत हुन्छ ।
जहाज विज्ञका अनुसार झ्याल नहुँदा विमानमा मनलाग्दी डिजाइन परिवर्तनको सम्भावना पनि बढ्दछ । हरेक कुरामा बचत हुन्छ । यद्यपि उनी यात्रुको रुपमा जहाजमा झ्याल हुनु अनिवार्य ठान्दछन् र यसमा सम्झौता गर्न चाहँदैनन् । कृत्रिम झ्याल कहिल्यैपनि वास्तविक झ्यालको विकल्पन बन्न नसक्ने उनको भनाइ छ ।

बीबीसी

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार