१५ चैत्र २०८०, बिहीबार

सुविधायुक्त होटेल सञ्चालनमा आउने



धनगढी  ।  कैलालीको धनगढीमा अत्याधुनिक सुविधायुक्त होटेल सञ्चालनमा आउने भएको छ । झन्डै २१ करोड रुपैयाँको लागतमा धनगढी चटकपुरमा होटेल फ्लोरा सञ्चालनमा आउने भएको छ ।
बढ्दो शहरीकरणका साथै पर्यटकको आगमन, व्याावसायी, लगायतलाई दृष्टिगत गरी होटेल फ्लोरा सञ्चालनमा आउन लागेको मङ्गलवार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइयो ।
१० कठ्ठा क्षेत्रफलमा फैलिएको होटेलमा ३४ वटा अत्याधुनिक कोठाहरू रहेका छन् । जसमा पाँच डिलक्स कोठाहरू छन् भने अन्य २९ कोठाहरू एसीसहितका रहेका छन् ।
करिब तीन सय जनाको क्षमता भएका तीनवटा सुविधासम्पन्न सभाकक्ष, रहेको यस होटेलमा विवाह, सेमिनार, गोष्ठी लगायतका कार्यहरू गर्नका लागि प्रयाप्त खुला स्थानहरू समेत रहेको होटेल सञ्चालक पुष्पराज कुँवरले जानकारी दिए ।
पाँच तले लिफ्ट सहितको होटेलमा ५० जना भन्दा बढी व्यक्तिहरूलाई रोजगार समेत दिइएको छ भने निकट भविष्यमै स्वीमिङ्गपुल, चिल्ड्रेनपार्क, साउना बाथ, मल्टी जिम लगायत अन्य भौतिक पूर्वाधारहरू थप गर्दै लैजाने लक्ष्य लिएको सञ्चालक कुँवरले बताए ।
भविष्यमा सुदूरपश्चिमको पर्यटकीय स्थलहरू खप्तड, रामारोशन, अछामको साफेवगर लगायत सुदूरपश्चिमका अन्य पहाडी जिल्लाहरूमा समेत चैनको रूपमा होटेल व्यवसाय स्थापना गर्ने लक्ष्य लिएको बताउँदै कुँवरले मध्यपश्चिम र सुदूरपश्चिमका धेरेजसो समुदाय औषधी उपचार र भ्रमणका लागि भारतीय सहर लखउनसम्म जाने भएका कारण उनीहरूको उचित वास्थानलाई ध्यानमा राख्दै लखनउ सहरमा समेत होटेल व्यवसाय सञ्चालन गर्ने तयारी रहेको जानकारी दिए ।
यही फागुन २६ गतेबाट सञ्चालनमा आउँन लागेको होटलको ब्रह्मनिष्ठ सन्त शिरोमणि स्वामी श्री लोकानन्द महाराज जीले समुद्घाटन गर्ने कार्यक्रम रहेको सञ्चालकले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार