१२ बैशाख २०८१, बुधबार

संरक्षणको अभावमा सीताकुण्ड ओझेलमा



सुखड । धार्मिक तथा पौराणिक महत्त्वको सीताकुण्ड मन्दिर संरक्षण सम्वद्धनको अभावमा ओझेलमा परेको छ ।
कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ४ मा रहेको सीताकुण्ड क्षेत्रको संरक्षणको लागि सरोकारवालाहरूको ध्यान नपुग्दा यो क्षेत्र ओझेलमा परेको हो ।
सीताकुण्ड क्षेत्रको संरक्षण र सम्वद्र्धन गर्न सरकारी तथा गैरसरकारी क्षेत्रबाट कुनै चासो नदिएको स्थानीयले गुनासो गरेका छन् ।
सीताकुण्ड क्षेत्रमा पौराणिककालमा जनक नन्दिनी सीताको बास भएको विश्वास गरिएको छ । सीताले पानी पिएको क्षेत्रमा अहिले पनि एउटा इनार रहेको छ ।
सीताकुण्ड क्षेत्रको विकासको लागि कुनै पनि निकायबाट चासो नदिएको वडा नम्वर ४ का वडाध्यक्ष टेकबहादुर वुढाले बताए ।
सीताकुण्ड क्षेत्रलाई पर्यटकको गन्तव्यस्थल वनाउन आगामी आर्थिक वर्षमा वडावाट बजेट छुटाउने प्रतिवद्धता जनाए ।
सीताकुण्डको संरक्षण सम्वद्र्धनको लागि सबैलाई सहयोग गर्न आग्रह गर्दै वडाध्यक्ष बुढाले सीताकुण्ड क्षेत्रमा पिकनिक स्थल स्थापना गर्ने, नयाँ मन्दिर निमार्ण गर्ने तथा भएका मन्दिरहरूको संरक्षण गर्न स्थानीय, प्रदेश र केन्द्रीय सरकारसँग पहल गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार