१२ बैशाख २०८१, बुधबार

हट मरिस्कासँग सलोनको रोमान्स



गोपालचन्द्र लामिछानेको निर्देशनमा बन्ने फिल्म ‘लम्फू’को कास्टिङ लाईनअप पुरा भएको छ । यसअघि नै निर्देशक सुदर्शन थापा लिड अभिनयमा रहनेगरी फिल्मको छायाँकन सुरु हुँदै गर्दा काम नै रोकिएको थियो ।

अब भने नयाँ कलाकारको टिम सहित निर्माण टिम फ्लोरमा जाने भएको हो । फिल्मको लागी अहिलेसम्म चार कलाकार फाइनल भएका छन् । लिड अभिनयमा सलोन बस्नेतले बोल्ड अनि हटको उपमा पाएकी मरिस्का पोखरेलसँग रोमान्स गर्नेछन् भने ‘स्टुपिड मन’ डेब्यू गर्ल चाँदनी शर्मा र कबिर खड्का समेत फिल्मको लागी अनुबन्ध भएका छन् ।
फागुनको दोस्रो साताबाटै फ्लोरमा जाने भनिएको फिल्मको अहिले अनामनगरमा वर्कसप चलिरहेको छ । केही दिनमा नै एक ओपचारिक कार्यक्रमको घोषणा सहित फिल्मको पुनस् निर्माण घोषणा तथा कलाकार सार्वजनिक गर्ने तयारीमा निर्माण टिम छ ।
तर केही महिना पहिले एकाएक तरकारीवालीको रूपमा चर्चामा आएकी कुसुम श्रेष्ठलाई समेत लिड अभिनयमा राख्ने बोलेको निर्माण टिमले अहिले भने उनको बारेमा केही बोलेको छैन । तरकारीवाली रहने नरहने भन्ने बारेमा निर्माण टिमले आधिकारिक मुख नखोले पनि संभवतस् उनी फिल्ममा नरहने पक्का भएको श्रोत बताउँछ । फिल्मलाई शक्तिवल्लभ घोरासैनीले निर्माण गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार