६ बैशाख २०८१, बिहीबार

खप्तड साइकल यात्रा



धनगढी । कैलालीका तीन युवाले शनिबारबाट धनगढी–खप्तड साइकल यात्राको सुरुवात गरेका छन् ।
धनगढी उपमहानगरपालिका वडा नम्बर २ का विवेक शर्मा र खगेन्द्रसिंह धामी तथा गोदावरी नगरपालिका वडा नम्बर ८ मजगाउँका भरतविक्रम शाहीले धनगढीदेखि खप्तडसम्मको साइकल यात्रा सुरु गरेका छन् ।
शनिबार बिहान धनगढीको ट्राफिक चौराहावाट शुरु भएको यात्रा पहिलो दिन वुडरमा बास वस्ने छन । टोलीले आज (आइतबार) डडेल्धुराको स्याउले, तथा डोटीको सिलगढी हुँदै ८ गते खप्तड पुग्ने बताएका छन् ।
लायन्स क्लव अफ कैलाली फारवेष्टको सहकार्यमा हुन गइरहेको धनगढी–खप्तड साईकल यात्रीहरुलाई धनगढी जेसिज, एडभेन्चर वेष्ट होलिडेज, कैलाली जिल्ला खेलकुद विकास समिति लगायतको सहयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार