७ बैशाख २०८१, शुक्रबार

खप्तड सांस्कृतिक पदयात्रा तथा काव्य सम्मेलन



धनगढी । खप्तड सांस्कृतिक पदयात्रा तथा काव्य सम्मेलन २०७५ को प्रथम शृंखला शुक्रबार समापन भएको छ । धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरि पदयात्राको प्रथम शृंखला समापन भएको जानकारी दिइयो ।
बैशाख २८ गतेदेखि शुरु भएको पदयात्रामा भारत र नेपालका साहित्यकार तथा संस्कृतिकर्मी, कलाकार, पत्रकार, धार्मिक नेतासहित दुई सय जनाको सहभागिता रहेको थियो ।
नेपाल साहित्य तथा संस्कृति प्रतिष्ठान, कैलालीको आयोजनामा भएको खप्तड सांस्कृतिक पदयात्राको समापनका अवसरमा पदयात्राका सहभागीहरूले खप्तड विश्वकै एक प्रमुख धार्मिक पर्यटकीय स्थल बन्न सक्ने चर्चा गरे ।
सो अवसरमा धार्मिक गुरु क्रिकाल भवन्ता सरस्वतीजी महाराजले खप्तडमा पूर्वाधार विकास गर्न सकिएमा बाह्य पर्यटकको प्रमुख गन्तव्य बन्ने प्रभुर सम्भावना रहेको बताए ।
अर्का धार्मिक गुरु गौरिशंकर महाराजले भारतको बद्री केदारनाथ भन्दा पनि खप्तड सुन्दर भएको चर्चा गरे ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष पदमराज जोशीले पदयात्राले खप्तडको प्रचारप्रसारमा उल्लेख्य योगदान पुर्‍याएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार